मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दाङ् तुलसीपुरमा मेट्रो कलेज स्थापना हुने
  • मार्गरेखा संवाददाता

  • तुलसीपुर, ३० फागुन ।
    तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गर्न थालेको मेट्रो कलेजको वारेमा छलफल गरिएको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको छलफल कार्यक्रममा समितिका सदस्यहरुले विभिन्न सुझाव दिएका थिए । कार्यक्रममा वोल्दै सदस्य एवम् तुलसी स्कुलका प्रिन्सिपल भीष्म केसीले कलेजमा धेरै संकायका विषयको अध्यापन गराउनु भन्दा पनि प्रारम्भमा सिमित विषयलाई प्रभावकारी ढँगले अध्यापन गराउनुपर्ने वताए । उनले बजारमा विक्ने खालको जनशक्ति उत्पादन हुने खालको विषय सञ्चालन गर्नुपर्ने सुझाव दिए । अर्का सदस्य एवम् ज्ञानज्योति कलेजका संस्थापक अध्यक्ष टिकावहादुर जिसीले कृषि विषयका वारेमा अध्यापन गराउँदा प्रभावकारी हुने वताए । तुलसीपुर सेन्टर माविका प्रधानाध्यापक भागवत पौडेलले फुड टेक्नोलोजिको सम्भावना धेरै भएकाले त्यस्तो विषयको अध्यापन गराउनका ध्यान दिनुपर्ने वताए । उनले सवै पक्षलाई समावेश गरेर कलेज सञ्चालन गर्नुपर्ने वताए । तुलसीपुर उपमहानगर शिक्षा शाखा प्रमुख भाष्कर गौतमले संकाय र विषय छनौटमा वैज्ञानिकता अपनाउन समेत आग्रह गरे ।
    तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्र वनाउनका लागि आफु प्रतिवद्ध रहेको वताए । उनले मेट्रो कलेज सञ्चालनका लागि उपमहानगरपालिकाले यो आर्थिक वर्षमा १ करोड विनियोजन गरेको समेत वताए । छलफल कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १० का वडाध्यक्ष कुमार लामिछाने, वडा नम्वरका वडाध्यक्ष सुर्यवहादुर डाँगी लगायतले मन्तव्य राखेका थिए ।

     

  • ३० फाल्गुन २०७४, बुधबार १७:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित