मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

थाहा पाउनु होस किन हुन्छ मधुमेह
  • मार्गरेखा संवाददाता

  • अव्यवस्थित जीवनशैलीका कारण मानिसमा मधुमेह रोग लाग्ने गर्छ । जसलाई नेपालमा चिनी रोग भनेर पनि चिनिन्छ । यस्ता बिरामीको संख्या बढ्दो छ । यस्ता बिरामीले खानपानमा विशेष ध्यान दिनु जरुरी हुन्छ :

    यसरी लाग्छ
    रगतमा चिनीको मात्रा आवश्यकभन्दा बढी भएमा मधुमेह लाग्ने गर्छ । शरीरको पेन्क्रियाज ग्रन्थिबाट उत्पादन हुने हर्मोन इन्सुलिनको अभावमा या इन्सुलिनले राम्रोसँग काम नगरेमा रगतमा ग्लुकोजको मात्रा बढ्न जान्छ ।

    जसले गर्दा मधुमेह रोग लाग्ने गर्छ । एकपटक लागेपछि यसलाई पूर्णतया निको पार्न सकिँदैन । खाना र नियमित शारीरिक व्यायामको माध्ययमबाट घटाउन मात्र सकिन्छ ।

    उपचार तथा रोकथाम
    मधुमेहका रोगीले सन्तुलित भोजनको प्रयोग गर्नु अत्यावश्क हुन्छ । गहुँको रोटी, ब्राउन राइस, मकै, फापरको ढिडोको प्रयोग गर्दा राम्रो हुन्छ ।

    रोगीले हरियो तरकारी, कर्नफ्लेक्स, फलफुलमा केरा, सुन्तला, अम्बा आदिको प्रयोग गर्दा फाइदा पु-याउँछ ।

    पुरी, सेल, समोसा, आलु चिप्स, बोसोयुक्त मासु, पेय पदार्थ, बदाम, नरिवल, हर्लिक्स आदिको कहिल्यै पनि प्रयोग गर्नु हुँदैन । सकेसम्म प्रशोधित खाद्यपदार्थ पनि प्रयोग गर्नुहुँदैन ।

    चुरोट, बिँडी, सुर्ती, तमाखु, खैनीजस्ता पदार्थले पनि मधुमेहलाई बढाउने काम गर्छ । यस्तो बिरामीले अल्कोहलको पनि प्रयोग गर्नु हुँदैन ।

    लामो समयसम्म भोकै बस्नु हुँदैन । यस्ता बिरामीले व्रत बस्ने पनि गर्नु हुँदैन । यसो गर्दा रगतमा चिनीको मात्रा घट्न गई बिरामी बेहोससमेत हुन सक्छ ।

    दिनमा ६ पटकसम्म थोर–थोरै खाने बानीले हित गर्छ । त्यस्तै, नियमित रूपमा ग्लुकोज, पिसाब, आँखा, रक्तचापको जाँच गर्न पनि आवश्यक हुन्छ ।

    मोटोपना पनि मधुमेहका लागि खतरा हुने भएकाले तौल घटाउन नियमित व्यायाम गर्न आवश्यक हुन्छ ।

  • १ चैत्र २०७४, बिहीबार १०:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित