मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज उप–महानगपालिकाका उप–मेयर उमा थापामगरको नेतृत्वमा भारतको लखनउ गएको प्रतिनिधिले उद्दार गरी ल्याईएका दुई बालकलाई घर पठाईयो
  • मार्गरेखा संवाददाता

  • १ चैत, नेपालगन्ज : भारतको लखनउबाट उद्दार गरि नेपालगन्ज ल्याईएका झापाका दुईजना बालक अवाश्यक प्रकृया पुरागरी बिहीबार उनीहरुको घर परिवारमा पुनःमिलनको लागि पठाईएको छ ।
    नेपालगन्ज उप–महानगपालिकाका उप–मेयर उमा थापामगरको नेतृत्वमा भारतको लखनउ गएको प्रतिनिधि मण्डलले झापाको बुद्धशान्ति तीन गाउँपालिकाका १४ वर्षिय बालकुमार देवान र १२ वर्षिय किरण राईलाई चाईल्ड हेल्पलाईन लखनउबाट आवश्यक प्रकृया पुरा गरी नेपाल ल्याएको थियो ।
    देवान र राईलाई भारतीय प्रहरीले लखनउको चारबाग बसपार्कबाट कानपुर जानलागेको बेलामा नियन्त्रणमा लिएर उनीहरुलाई चाईल्ड हेल्पलाईन लखनउको जिम्मा लगाएको थियो । चाईल्ड हेल्पलाईन लखनउको आग्रहमा नेपालगन्ज उप–महानगरका उप–मेयर थापामगरको नेतृत्वमा गएको टोलीले विभिन्न प्रकृया पुरा गरी नेपाल ल्याएको थियो ।
    नेपालगन्ज उप–महानगरपालिकामा बिहीबार एक कार्यक्रमका बीचमा देवान र राईलाई उनीहरुको घर परिवारमा पुर्याउनको लागि उपमेयर थापामगरले समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस) काठमाण्डौमा कार्यरत बालसंरक्षण अधिकृत भरत अधिकारी र ग्रामिण समाज उत्थान मञ्च नेपाल (रुसुफ) का सचिव सतिष पाठकको जिम्मा लगाएकी छन् । उनले ती दुबै बालकहरुलाई परिवारको जिम्मा लगाएर मात्र नेपालगन्ज फर्कन निर्देशन समेत दिएकी छन् ।
    अधिकारी र पाठकले दुबै बालकको घरसम्म पुगेर उनीहरुको अभिभावकको जिम्मा लगाएर मात्र नेपालगन्ज फर्कने निर्देशन सहित बालकहरु जिम्मा लगाईएको नेपालगन्ज उप–महानगरका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिए ।
    उनले दुबै बालकलाई झापाको बुद्धशान्ति तीन गाउँपालिका मार्फत उनीहरुको परिवारलाई बुझाएर मात्र फर्कने बताए । सो कार्यक्रममा उप–महानगरका सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशी, रुसुफ नेपालका अध्यक्ष मुस्ताक राईलगायतको उपस्थिति रहेको थियो

  • १ चैत्र २०७४, बिहीबार १९:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित