मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जिम्बाब्वेमा जारी आईसीसी विश्वकप छनोटको प्लेअफमा नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको छ
  • मार्गरेखा संवाददाता

  • जिम्बाब्वेमा जारी आईसीसी विश्वकप छनोटको प्लेअफमा नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको छ।

    ओल्ड हरारे क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले २७.२ ओभरमा अलआउट हुदै ११४ रनको सामान्य लक्ष्य बनाएको थियो। पपुवा न्युगिनीका लागि चार्लेस एमिनीले सर्वाधिक १९ रन बनाएका थिए। त्यस्तै चाड सोपरले १०, सेसे बउले ११ र किप्लिन डोरीगाले १० रनको योगदान दिए।

    पपुवा न्युगिनीलाई सस्तैमा समेटन नेपालका सन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले ४–४ तथा सोमपाल कामी र करण केसीले १–१ विकेट लिए। योसँगै समूह चरणको प्रत्येक खेलमा विकेट लिन सफल सन्दीपले आजको खेलमा ४ विकेट लिदै आफ्नो विकेट संख्या ११ पुर्याएका छन्।

    ११५ रनको सामान्य लक्ष्य नेपालले २३ ओभरमा ४ विकेट गुमाउदै पुरा गर्यो। नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ५० रनको योगदान दिए। दिपेन्द्रले ५८ बलको सामना गर्दै १ चौका र ३ छक्का प्रहार गरेका थिए। त्यस्तै आरिफ शेखले ४२ बलमा १ चौकाको मद्दतमा २६ रन बनाए।

    नेपालका लागि ओपनिङ ब्याट्सम्यानहरु ज्ञानेन्द्र मल्ल १ र अनिलकुमार शाह ९ रनमा बनाएर आउट भएका थिए। त्यस्तै कप्तान पारस खड्काले २० रनको योगदान दिए। नेपाल आजको खेलामा सुखद नजिता निकाल्दै एकदिवसीय मान्यताको सपना जीवित राखेको छ।

    नेपालले पिएजीलाई पराजित गरेसँगै डिभिजन २ मा घटुवाको संकटसमेत पार गरेको छ। कमजोर रनरेटका कारण सुपर सिक्समा स्थान बनाउन नसके पनि नेपालले सोमबार हङकङलाई हराएसँगै आगामी चार वर्षका लागि एकदिवसीय मान्यता पाउने ढोका खुला राखेको थियो। नेपाल समूह ‘बी’को चौथो स्थानमा बस्दै समूह ‘ए’ को अन्तिम स्थानको टोली पिएनजीसँगको भेट पक्का गरेको थियो।

    अहिले भइरहेको अर्को प्लेअफमा समूह बीको अन्तिम टोली हङकङलाई नेदरल्यान्ड्सले जितका लागि १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेदरल्यान्ड्सबाहेक प्रतियोगिताका शीर्ष तीन एसोसिएट राष्ट्रले एकदिवसीय मान्यता पाउनेछन्। तीनमध्ये दुई एसोसिएट स्कटल्यान्ड र युनाइटेड अरब इमिरेट्स(युएई)ले एकदिवसीय मान्यता पाइसकेका छन। बाँकी एक स्थानमा नेपाल, हङकङ र पिएनजीमध्ये एकले एकदिवसीय मान्यता पाउनेछ। अब नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेको खण्डमा नेपालले सातौं स्थानका लागि हुने प्लेअफअघि नै एकदिवसीय मान्यता पाउनेछ।

    नेपाल र पिएनजी पछिल्लो पटक सन् २०१६ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आबुधाबीमा आमने–सामने भएका थिए। पहिलो खेलमा पिएनजीलाई २ विकेटको नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा पनि पिएनजीलाई ३ विकेटको नतिजा सुम्पिएको थियो।

    गत महिना नामिबियमा सम्पन्न डिभिजन २ को उपविजेताको हैसियतमा विश्वकप छनोटमा स्थान बनाएको नेपालले जिम्बाब्वेमा जारी प्रतियोगिताको पहिलो खेलमा आयोजक जिम्बाब्वेसँग १ सय १६ रनको फराकिलो हार बेहोरेको थियो। नेपाल दोस्रो खेलमा स्कटल्यान्डसँग ४ विकेटले हा¥यो। तेस्रो खेलमा नेपाल चिर प्रतिद्वन्द्वी अफगानिस्तानसँग ६ विकेटले पराजित भयो। अन्तिम खेलमा नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको थियो।

  • १ चैत्र २०७४, बिहीबार १९:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित