मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

स्थानिय तहमा संबिधानको कार्यान्वयन तत्काल आवश्यक
  • मार्गरेखा संवाददाता

  •  

     


    शरद रेग्मी
    दाङ चैत्र ३/ ,संबिधान कार्यान्वयनको अनुभूति अझै पनि स्थानिय तहमा गराउन नसकेको स्थानिय तहका जनप्रतिनिधिहरुले /बताएका छन् ।
    मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले संघिय संरचनामा मानव अधिकारको भूमिका बिषयक आज शनिबार राप्ती शान्ति उद्यान तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा सहभागि जनप्रतिनिधिहरुले एक सय दिन बिति सक्दा समेत नँया अनुभूति स्थानीय तहका जनप्रतिनिधिहरुले गराउन नसकेको बताएका हुन ।
    प्रदेश सभा सदस्य उत्तरकुमार वलीले स्थानिय तहका २२ वटा र प्रदेश सभाका २१ वटा अधिकारलाई सहि ढंगले कार्यान्वयन गर्न नसकेको गुनासो गर्नुभयो । नियम,कानुन,ऐन र आर्थिक ब्यबस्थापनको कमिका कारण समस्या आएको उहाले बताउनुभयो । उहाले प्रदेश नम्वर ५ को अबस्थाको कुरा गर्दा दुःख लाग्छ उहाले भन्नुभयो । मुख्य मन्त्रीको कार्यकक्षमा कार्पेट बिनाको छ । आवास,गाडी,कार्यसञ्चालनका लागि कोठाको अभाव भई रहदा नागरिकको चाहना अनुुसारको काम गर्न नसकिएको खुलासा गर्नुभयो ।
    केन्द्रिय सरकारले आर्थिक देखि ऐन कानुनको ब्यबस्था गर्ने तयारी गरेको छ,एमाले नेता समेत रहेका वलीले बताउनुभयो । उहाले दाङ राजधानी बन्नेमा ढुक्क हुन समेत आग्रह गर्नुभयो । सोही अबसरमा शान्तिनगर गाँउपालिकाका अध्यक्ष कमानसिंह डाँगीले स्थानिय तहमा संबिधान कार्यान्वयन हुन नसेको बताउनुभयो । अहिले सम्म ऐन नियम छैन्,कसरी सेवा प्रभाह गर्ने उहाले गुनासो गर्नुभयो । अब मानव अधिकार र नागरिक क्षेत्रबाट यस बिषयमा बिशेष पहल गर्नुपर्ने बताउनुभयो ।
    तुलसीपुर उपमहानगरपालिकाका उपमेयर माया शर्माले मानव अधिकारको संरक्षण र प्रबृद्धनका लागि अभियान सञ्चालन गरि रहन आग्रह गर्नुभयो ।
    कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्का,नेपाली काग्रेसका जिल्ला सदस्य सुरेन्द्र खड्का,नेकपा माओबादी केन्द्रका नेता रामजी चौधरी मिलन,नेपाल कम्यूनिष्ट पार्टीका नेता विकास वलीले राज्यलाई सहि ढंगले सञ्चालन गर्नका लागि मानव अधिकार तथा शान्ति समाज जस्ता संस्थाहरुले खर्बरदारी गरि रहनुुपर्नेमा जोड दिनुभयो ।
    मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिब सुशील बस्नेत,संघिय प्रहरी ईकाइ कार्यालय तुलसीपुरका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक दीलिप कुमार चौधरी,तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत बिरु,निर्वतमान अध्यक्ष बिमल रिजाल,मानव अधिकार तथा शान्ति समाजका पूर्ब सभापतिहरु डिल्लीराज धिताल र महेन्द्र लामिछाने,नेत्र ज्योति संघका अध्यक्ष कृष्ण गिरी,थारु बुद्धिजीबि एबम बेस नेपालका कार्यकारी निर्देशक चूर्णबहादुर चौधरी,शान्ति समाजका सल्लाहकार प्रमोद न्यौपाने लगायतले मानव अधिकारको संरक्षण र प्रर्बद्धनका बिषयमा चर्चा गर्नुभएको थियो ।

    डेढ सय बढीको सहभागिता रहेको उक्त कार्यक्रममा बिभिन्न क्षेत्रमा नव निर्वाचीत पदाधिकारीलाई सम्मान गरिएको थियो । त्यस्तै शान्ति समाजका आजिवन सदस्यहरुलाई सदस्यता बितरण गरिएको थियो भने नँया सदस्यहरुलाई स्वागत गरिएको थियो ।
    शान्ति समाजका जिल्ला सभापति सुरेश हमालको अध्यक्षतमा भवनभोज र मानव अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको हो । उक्त अवसरमा केन्द्रिय संयोजक निर्मल नेपालीले बिषय प्रबेश गराउनुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य कोषाध्यक्ष निर्मला डाँगी र सहजीकरण सचिब शरद रेग्मीले गर्नुभएको थियो ।

     

  • ३ चैत्र २०७४, शनिबार १९:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित