मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्जमा प्रदेश स्तरिय समृद्धि सम्मेलन हुने
  • मार्गरेखा संवाददाता

  •  

    नेपालगञ्जमा चैत मध्यमा हुने समृद्धि सम्मेलनको तयारीलाई तीव्रता दिइएको छ । समृद्धिका पाईलाले बिभिन्न सरकारी र गैरसरकारी संघ संस्थाहरुसँग मिलेर नेपालगञ्जमा प्रदेश नम्बर ५ स्तरीय समृद्धि सम्मेलन गर्न लागेको हो ।  समृद्धिका पाईलाका अध्यक्ष किरण ढकालका अनुसार, प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोख्रेलका प्रमुख आतिथ्यमा हुने प्रदेश स्तरीय समृद्धि सम्मेलनमा प्रदेश ५ को समृद्धिका आधारहरु तय गर्नका लागि बिभिन्न कार्यपत्रहरु प्रस्तुत हुने भएका छन् । समृद्धिका पाईलाको शनिबार नेपालगञ्जको बसेको बैठकमा समृद्धि सम्मेलन तयारी समितिका संयोजक रत्न खत्रीले सम्मेलनको तयारीका बिषयमा भएको  तयारीका बारेमा जानकारी दिएका थिए ।

    सम्मेलनमा डा. विजय पौडेल, वाईवी थापा, नहकुल केसी, यशोदा तिम्सिना, दिनेश थपलिया, दिनमणी पोख्रेल लगायतले कार्यपत्र प्रस्तुत गर्ने भएका छन् । सम्मेलनका प्रदेश ५ का बिभिन्न राजनीतिक दलका नेता ,प्रतिनिधीसभा र प्रदेशसभाका सांसद तथा स्थानीय निकायका प्रमुखहरुको सहभागिता रहने भएको छ । सम्मेलनले प्रदेश ५ को समृद्धिका लागि दुईदिनसम्म छलफल गर्दै बिभिन्न बिषयमा कार्यपत्र र टिप्पणी पछि नेपालगञ्ज घोषणापत्र जारी गर्ने छ ।

    समृद्धिका पाईला बाँकेमा राजनीति, समाजसेवा, पत्रकारितामा क्रियाशिल युवाहरुको गैर नाफा मुलक संस्था हो । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएपछि समृद्धिका पाईलाले प्रदेश नम्बर ५ को समृद्धि सम्मेलनको तयारी गरेको हो । प्रादेशिक सरकार र स्थानीय तहलाई समद्ध प्रदेशका लागि नेपालगञ्ज घोषणापत्रमार्फत समृद्धिको आधार प्रदान गरिने समृद्धिका पाईलाका सदस्य तथा सम्मेलन तयारी समितिका संयोजक खत्रीले जानकारी दिए ।

  • ३ चैत्र २०७४, शनिबार १९:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित