मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको डुडुवा गाउँपालिकाको ७४ वटा योजना निमार्ण शुरु
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज ८ चैत । बाँके जिल्लाको डुडुवा गाउँपालिकाले पुर्वाधार विकास निमार्णको योजना शुरु गरेको छ । गाउँपालिकाले अहिले विभिन्न उपभोक्ता समिति निमार्ण गरि विकास निमार्णको योजना धमाधम शुरु गरेको हो ।
    गाउँपालिकाको प्रथम गाउँसभाले पारित गरेको ७४ वटा योजनाको काम शुरु भएको गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी पप्पुले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाका ६ वटै वडामा सडक, पिसिसि, नाली निमार्ण, माटो पटान, ग्राबेल, कल्भर्ट पुल निमार्ण, खानेपानी, सार्वजनिक शौचालय, वाउण्ड्री निमार्ण लगायतका योजनाहरु रहेका छन ।
    गाउँपालिकाको ६ वटै वडामा एक साथ काम शुरु भएको छ, भने वार्ड नं. १ होलियामा अहिले जेसिबी लगाएर निमार्णको काम भइरहेको छ । गाउँपालिकाले खारिद गरेको आफ्नै विभिन्न यन्त्रिक मेसिनद्धारा निमार्ण गर्न थालिएको छ ।
    गाउँपालिकाको चालु आर्थिक वर्ष २०७४÷७५ का लागी छुट्टाइएका अधिकांस योजना कार्यान्वयनको प्रक्रियामा अघि बढेको हो । सानादेखि ठुला सबै योजना निमार्णका लागि उपभोक्ता समिति बनाएर कार्य शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

     

  • ८ चैत्र २०७४, बिहीबार १६:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित