मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मेयर रावतले पत्रकारलाई वाहिर जान आदेश दिएको प्रति क्रियाशील पत्रकार समूहको आपत्ती
  • मार्गरेखा संवाददाता

  • मेयर रावतले पत्रकारलाई वाहिर जान आदेश दिएको प्रति क्रियाशील पत्रकार समूहको आपत्ती

    कोहलपुर नगरपालिकाको दोस्रो नगरसभामा नगर प्रमुखले सभामा स्वतन्त्र प्रेसमाथि हस्तक्षेप गरेको भन्दै क्रियाशील पत्रकार समूहले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
    नगरसभाको रिर्पोटिङ्गका लागि आमन्त्रण गरेपछि उपस्थित पत्रकारहरुलाई सभा चलिरहेकै बीचमा सभाध्यक्ष तथा नगर प्रमुख लुट बहादुर रावतले पत्रकारहरुलाई ‘सभास्थलबाट बाहिर जान आदेश गरिन्छ’ भन्ने भनाईप्रति गम्भिर ध्यानाकर्षण भएको क्रियाशील पत्रकार समूहका अध्यक्ष निर्मल आचार्यले जनाएका छन् ।
    लोकतान्त्रिक अभ्यास गर्ने कुनै पनि मुलुकमा नभएको विधी र पद्वती कोहलपुर नगरपालिकाले देखाउँदै स्वतन्त्र प्रेसमाथि आँच पु¥याउने काम गरेको क्रियाशील पत्रकार समूहका अध्यक्ष आचार्यले भनेका छन् । नगरसभाको कार्यतालिका अनुसार विभिन्न विद्येयकमाथि छफलपछि अघिको शुन्य समयमा बन्द शत्र शुरु भएको भन्दै नगर प्रमुखले पत्रकारहरुलाई बाहिर जान आदेश गरिन्छ भन्दै सभाबाट बाहिर जान बाध्य बनाएका थिए । ‘शुन्य समयमा बोल्ने सभासद् (जनप्रतिनिधी) मध्ये कोहलपुर नगरपालिका वडा नं. ११ का वडाध्यक्ष कर्ण बहादुर थापाले हरित कार्यक्रम असफल भएको भन्दै हरित कार्यक्रममा प्रयोग भएका लाखौ मूल्यका गमला र गमलामाथि रोपिएका विरुवाहरुको अवस्थाबारे कुरा उठाएपछि यस्तै विवादित अन्य विषयमा सभासद्हरु बोल्ने सम्भावना बढेको र नगरपालिकाको गलत कार्यसम्पादनबारे पत्रकारहरु जानकार हुने भएकाले मेयर सापले पत्रकारहरुलाई वाहिर जान आदेश गर्नुभएको हुनसक्छ ।’ नाम नबताउने शर्तमा एक जनप्रतिनिधीले भने ।
    मुलुकको केन्द्रिय संसद चलिरहँदा पत्रकारमात्र होइन् कुटनितिक नियोगका प्रतिनिधी, मानव अधिकारकर्मी र
    नागरिक समाजलाई सहभागी गराउँदै आएकोमा कोहलपुर नगरपालिकाले आफै आमन्त्रण गरेर बोलाएका पत्रकारहरुलाई सभा चलिरहदा वाहिर जान अनुरोध
    नगरि आदेश दिएको प्रति लोकतान्त्रिक मूल्य मान्यताको धज्जी उडाएको भन्दै आगामी दिनमा यस्ता गतिविधीहरु नगर्न क्रियाशील पत्रकार समूहका अध्यक्ष आचार्यले नगर प्रमुखलाई आग्रह गरेका छन् ।

  • ८ चैत्र २०७४, बिहीबार २०:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित