दुर्गा आचार्य
बर्दिया,चैत्र,९।बर्दिया प्रहरीले नावालीकालाई जवरजस्ती करणी गरेको अभियोगमा दुई जानालाई पक्राउ गरेको छ । ५ बर्षीय वालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा बढैयाताल गाँउपालीका —७ का १७ बर्षिय कृष्ण थारुलाई र ९ बर्षिय वालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका —१का ४८ बर्षिय नरबहादुर घिमिरेलाई पक्राउ गरेको छ । जवरजस्ती करणी गरेको भन्ने सूचना पाएपछि तत्काल घटनास्थल पुगी अलग—अलग स्थानबाट दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक युवराज खड्काले वताए । प्रहरीले फाल्गुण १८ गते पनि ५ बर्षिय वालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा बढैयाताल गाँउपालिका —६ का २१ बर्षिय सुरेश थारुलाई पक्राउ गरेको थियो । पक्राउ परेका दुईजनालाई प्रहरी हिरासतमा राखि थप अनुसन्धान भईरहेको खड्काले वताएका छन् ।