सोम गुुरुङ,बाँके ९ चैत्र ÷ नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय, नेपाल वार एसोसियसन, वातावरण कानुुन समिति र सूचना र मानव अधिकार अनुुसन्धान केन्द्रको संयुक्त आयोजनामा प्रदुुषण र फोहरमैला ब्यवस्थापन आजको आवश्यक्ता बारे नेपालगन्ज उपमहानगरपालिकाको कार्यालयका मेयर, उपमेयर, वडा अध्यक्ष र कर्मचारीहरुलाई अभिमुुखीकरण गरिएको छ ।
सो अभिमुुखीकरण कार्यक्रमको सहजीकरण नेपाल वार एसोसियसन, वातावरण कानुुन समिति, काठमाण्डौंका संयोजक अधिवक्ता पदम बहादुुर श्रेष्ठले गर्नुु भएको थियो । उहाँले प्रदुुषण र फोहरमैला ब्यवस्थापनको लागि संघ, संस्था, नागरिक समाज र राजनीतिक दलहरुको भुमिका, स्थानीय सरकारको दायित्व बारे प्रस्तुतीकरण गर्नुु भएको थियो । त्यसै गरि दृश्य प्रदुुषण भनेको के हो? मानवीय कारणबाट हुुने दृश्य प्रदुुषणहरु र कानुुनी प्रक्रियाहरुको बारेमा ब्यापक छलफल गर्नुु भएको थियो । उहाँले स्थानीय सरकारले चाहेमा प्रदुुुुषण र फोहरमैला ब्यवस्थापन गर्न सकिने प्रशस्त कानुुनी प्रावधान रहेको समेत जानकारी दिनुुभयो । सो अभिमुुखीकरण कार्यक्रममा अधिवक्ता विश्वजित तिवारी, बिष्णुु कुुमार थोकर, जलवायुु संरक्षण अभियान्ता हेमन्तराज काफले, वडा नं.१० का वडा अध्यक्ष बुुद्धि सुुबेदी लगायतले सो आआफनो विाचार राख्नुु भएको थियो । सो कार्यक्रममा नेपालगन्ज उपमहा नगरपालिकाका मेयर डा. धवल शम्सेर राणा, उपमेयर उमा थापा मगर र विभिन्न वडाका वडा अध्यक्ष र नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सो अभिमुुखीकरण कार्यक्रममा केही वडा अध्यक्षले आफनो क्षेत्रमा बाटो निर्माण गर्दा निर्माण कम्पनीले पानी नहाल्दा धुुलो भएर श्वासप्रश्वासमा कठिनाई भएको गुुनासो समेत राखेका थिए । सोही कार्यक्रममा नेपालगन्ज उपमहा नगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले २ बर्षको अवधिमा नेपालगन्ज शहरलाई स्वच्छ र वातवारणमैत्री हरभरा शहर बनाउने प्रतिबद्धता समेत गर्नुु भएको छ ।