मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियाको गेरुवा गाँउपालिकाले किसानका समस्यालाई किसानकै घरआँगनमा समाधान अभियान सुरु
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया,चैत्र,९। किसानका समस्यालाई किसानकै घरआँगनमा समाधान गर्नै उद्धेश्यका साथ बर्दियाको गेरुवा गाँउपालिकाको बगईपुरमा वाली उपचार शिविर गरिएको छ । गेरुवा गाँउपालिकाको आयोजना तथा वाली सग्रचना प्रयोगशाला खजुरा बाँके,जिल्ला कृषि बिकाश कार्यालय बर्दियाको प्रावीधिक सहयोगमा शिविर संचालन गरिएको हो । शिविरमा ३९ जना किसानले चैते धानका व्याड,तरकारी तथा फलफूलमा देखिएको समस्याको नमूना ल्याएका थिए । करिब १०० जना कृषकको उपस्थिति रहेको शिविरमा चैते धान र बसन्ते तरकारी बालीमा लाग्न सक्ने सम्भावित रोग उपचार विधि र किरावाट वालीलाई जोगाउने विधिका बारेमा जानकारी गराईएको थियो । शिविरमा विभिन्न समस्या समाधानका लागि जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावत र क्षेत्रिय वाली संरक्षण प्रयोगशाला खजुरा ,बाँकेका वरिष्ठ वाली संरक्षण अधिकृत पुष्पराज वेल्वासेले प्राविधिक सल्लाह सुझाव दिएका थिए । गेरुवा गाँउपालीकाकै आयोजनामा चैते धान वाली खेती गरीएका वडा नं ६ को मनाउ , वडा नं ४ को गिदरपुरमा लगाईएको पकेट क्षेत्रहरुको अनुगमन समेत गरेको थियो । बर्दियामा तीन बर्ष देखि चैते धान खेती गर्दै आईएको छ । अनुगमन कार्यक्रममा गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिहं केसी, उपाध्यक्ष हेम कुमारी चौधरी, वडाध्यक्षहरु दयाराम वैद्य, आलोक कुमार थारु,पुनाराम थारु,धर्मप्रकाश थारु, टेक बहादुर थारु, सहभागि रहेको थियो ।

     

  • ९ चैत्र २०७४, शुक्रबार २०:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित