मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

हुलाकी सडक समय मै निमार्ण नहुदा बर्दियावासीको स्वास्थमा समस्या
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया,चैत्र,९ ।
    पूर्व–पश्चिम हुलाकी राजमार्ग अन्र्तगत पर्ने बर्दियाको मुर्तिहा–गुलरिया–भुरिगाउँ,वेलवा राजापुर सडक खण्ड निर्माण कार्यले तिव्रता नपाउदा बर्दियाका स्थानीयले शास्ती खेप्नु परेको छ । निर्माण कंपनिको ढिलासुस्तीकै कारण गर्मी बढेसंगै यहाँका स्थानीय धुलोकै कारण बिरामी पर्नुको साथै प्राय दुर्घटनामा पर्नै गरेका छन् ।
    बिशेष गरेर क्याम्पस तथा बिध्यालमा अध्यन गर्नका लागि जाने बिध्यार्थी तथा शिक्षक कर्मचारी लगायत बाटो प्रयोग गर्नै जोसुकै हुन् धुलोका कारण कष्ट व्योहोरी रहेका छन् । सडक छेउछाउ घरवास भएका स्थानीय तथा व्यवसायीहरुलाई त धुलोका कारण थप कष्ट झेलीरहेका छन् । सिलान्यास भएको १४ महिना बितिसक्दा समेत कामले गति लिन नसकेको स्थानीयको गुनासो रहेको छ । धुलोका कारण बिध्यार्थी हरुलाई क्याम्पस आउजाउ गर्न समस्या भएको बबई बहुमुखि क्याम्पस गुलरियाका प्राध्यापक लक्ष्मण घिमिरे वताउछन्। धुल्याम्मे बाटोका कारण दुर्घटनामा परि बिध्यार्थी लगायत क्याम्पसका कर्मचारी समेत घाईते भएको घिमिरेले वताए ।

    तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेशलेखकले २०७३ साल माघ ८ गते हुलाकी सडकको शिलान्यास गरेका हुन् । शिलान्यास भएपछि पनि काम ढिलो शुरुभएको थियो ।
    स्तरोन्नतीको क्रममा अलपत्र अवस्थामा रहेको जिर्ण सडक निर्माणको काम तोकिएको समयमा अगाडी नबढ्दा बर्दियाली जनता धुलोको मारमा परेका छन् भने नजिकिदै गरेको बर्षामा समेत अझ थप समस्या झेल्न वाध्य हुने भएका छन् । पानी पर्दा हिलो र घाम लाग्दा धुलो उड्ने समस्या बर्दियाबासीले बर्षौ देखि भोग्दै आएका छन् ।
    बर्दियाको सदरमुकाम गुलरिया आउने जाने पैदल यात्री, साइकल यात्री र मोटरसाइकल यात्रीहरुका साथै विरामी, बृद्ध वृद्धा,गर्भवती र सुत्केरी महिलाहरु धुलोबाट प्रभावीत भएका छन्। कामले तिव्रता लिएन भने बर्षालागे संगै हिलोबाट झनै प्रभावित हुने भएका छन् । सडककमा गाडी हिड्योकी धुलोले सडकनै देखिदैन यसको प्रत्यक्ष मारमा पैदल यात्री र खुल्ला सवारी साधनमा यात्रा गर्नै हरु पर्दछन् ।
    स्थानीयका अनुसार ठेकदारकै लापरवाहि र नियमनकारी निकायले चाँसो नदिएकै कारणसडकको हालत यस्तो भएको वताउछन् । बर्षा लाग्ने वित्तिकै बर्दियावासीले थप जोखिमपूर्ण यात्रा गर्नुपर्नै वताउछन गुलरिया नगरपालिका वडानं—७का स्थानीय देवेन्द्र सिग्देल । तत्काल बाटोलाई कालोपत्रे गर्नुपर्नै सिग्देलको माग रहेको छ ।
    हुलाकी राजमार्ग आयोजना र सडक निर्माणका लागि २०७३ भदौ महिनामा टेण्डर भएको हो । निर्माण कम्पनीविच भएको सम्झौता बमोजिम मुर्तिहा–गुलरिया–भुरिगाउँ ३६ किलोमिटर सडकको कुल लागत ६२ करोड १८ लाख ३८ हजार ६६६ रहेको छ भने अढाई बर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने छ । त्यस्तै बेलुवा–राजापुर २१ किलोमिटर सडकको ३० करोड ६ लाख ३२ हजारको लागतमा अढाई बर्षभित्र सक्ने गरी निर्माण हुने सम्झौता रहेको छ । हुलाकी राजमार्ग आयोजना नेपालगंजका अनुसार मुर्तिहा देखि सानोश्री सम्म १८ किलोमिटरका लागि पप्पु कन्ट्रक्सनले जिम्मा पाएको छ भने सानोश्री देखि भुरिगाउँ सम्म सडक निर्माणका लागि शर्मा राजेन्द्र जेभीले निर्माण गरिरहेको छ । त्यस्तै बेलुवा–राजापुर सडक निर्माणको जिम्मा आशिष कुमार श्रेष्ठ जेभी कम्पनिले लिएको छ ।

    नियमित कामकाजका लागि यहीसडकको प्रयोग गर्नुपर्नै वाध्यता संगै धुवा उडेझै उड्ने धुलोका कारण साना वालवालिका तथा दमका बिरामी भएका वृद्धवृद्धा हरुलाई धुलोले थप समस्या पारेको चिकित्सकको भनाई छ । धुलोकै कारण जिल्ला अस्पतालमा बिरामीको संख्यामा समेत वृद्धि भएको जिल्ला अस्पताल बर्दियाका मेडिकल सुपेरिटेन्डेण्ट डाक्टर सुभाष पाण्डेय वताउछन् ।
    सडक किनारमा सामान्य घुम्ती पसल राखेर जीविको पार्जन गर्नैलाई समेत धुलोले हैरानी कटाएको छ । पसलमा राखेका सामान हरु धुलोले बिगार्नै गरेको र पकाएर राखेका खानेकुरा समेत धुलोकै कारण खराव हुने गरेपछि व्यापार समेत हुन छाडेको वताउछिन गुलरिया नगरपालिका १ कि अनिसिया नौवा ।
    धुलोकै कारण स्वास्थ समेत खराव भएको नौवा गुनासो गर्छिन् ।

     

  • ९ चैत्र २०७४, शुक्रबार २१:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित