मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

उपचार गरेमा क्षयरोग निकोहुन्छ ।
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया,गुलरिया,चैत्र,१०।
    क्षयरोग नियन्त्रण र रोकथामका लागी स्वास्थ्य कार्यालय बर्दियाले विश्व क्षयरोग दिवसको अवसर पारेर आफ्नो गतिविधि अगाडी बढाएको जनाएको छ । क्षयरोग एक सरुवा रोग भएकाले समयमा नै औषधि उपचार नपाएमा रोगी आफु त मृूत्युको मुखमा पर्नुका साथै उसको सम्पर्कमा आउने ब्यक्तिलाई पनि क्षयरोगको जोखिममा हुने जिल्ला जनस्वास्थ कार्यालय बर्दियाका प्रमुख महेन्द्र ध्वज अधिकारीले वताए । । जब सम्म यस्ता ब्यक्तिहरुको रोगको पहिचान हुदैन तब सम्म यो रोग लाग्ने र मर्ने क्रम चलिरहने प्रमुख अधिकारीले जानकारी गराएका छन् । यस्ता ब्यक्तिहरुको खोज पडताल गरी औषधि सेवन गराउने जिल्ला स्वास्थ्य कार्यालय बर्दियाको लक्ष्य रहेको सञ्चारकर्मीहरु सँगको अन्तरक्रिया कार्यममा उनले बताएका छन् ।
    लगातार खोकी लागेमा, तौल घट्दै गएमा, खकारमा रगत देखिएमा नजिकको स्वास्थ्य चौकीमा खकार जचाउन जान अधिकारीले आग्ह गरेका छन् । क्षयरोग खोजपडताल टोली गाउघरमा पुगेर खकार संकलन गरि रोगको पहिचान गर्ने र निशुल्क औषधि सेवन गराउने भएको हुँदा आफना गाउँघरमा आउने स्वास्थ्य टोलीलाई सहयोग गर्नका लागी सम्पुर्ण सरोकार निकायहरुलाई स्वास्थ्य प्रमुखले आग्रह गरेका छन् । यो रोग संक्रमित रोगीले खोक्दा हाच्छियु गर्दा हावाको माध्यमबाट एक ब्यक्ति बाट अर्को ब्यक्तिमा सर्ने हुदा रोगको समयमा नै पहिचान हुन आवश्यक रहेको कार्यक्रममा जानकारी गराईएको थियो ।
    आफ्ना टोल छिमेकमा यदि कसैलाई २ हप्ता देखि लगातार खोकी लागेमा , साझमा ज्वरो आउने गरेको, खकारमा रगत देखिएमा क्षयरोग लागेको हुनसक्छ, त्यसैले समयमानै जति सक्दो चाडो विरामीको खकार जचाउन स्वास्थय संस्थामा जानु पर्ने कुरामा जोड दिईएको थियो । क्षयरोगको औषधि नेपाल सरकारको स्वास्थ्य संस्थाहरुमा मात्र पाइने हुदा स्वाथ्य कर्मीको निगरानी मै सेवन गर्नु पर्ने र नियमित औषधि सेवन गरेमा यो रोग निको हुने कुरा कार्यक्रममा वताईएको थियो ।

  • १० चैत्र २०७४, शनिबार १९:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित