मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कथाकार महेश विक्रम शाहको भुँइखाटमाथि अन्तरक्रिया
  • मार्गरेखा संवाददाता

  • नेपालगंज– १० चैत्र बाँके, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा शनिवार नेपालगंजमा कथाकार महेश विक्रम शाहको कथाकृति भुँइखाटको अन्तर संवाद कार्यक्रम सम्पन्न भएको छ ।
    उक्त कार्यक्रममा बोल्दै वरिष्ठ कथाकार सनत रेग्मीले महेश विक्रम शाहको कथाकारिता माथि पाठकिय दृष्टिकोण प्रस्तुत गर्दै, नेपाली कथाकारितामा भुइँखाट उत्कृष्ट कृतिको रुपमा स्थापित हुने कुरा बताए ।
    कथा कृति माथि समालोचना गर्दै पुष्कर रिजालले शाहको सातौं कथा कृतिका रुपमा प्रकाशित भुँइखाटमा नेपाली परिवेषका साथसाथै विदेशी पृष्ठभूमिका कथाहरु रहेको बताए । जातिय युद्धका कारण विस्थापित एवम् शरणार्थी बन्न पुगेका विभिन्न नागरिकका कथावस्तुलाई टपक्कै टिपेर यथार्थको कसीमा घोट्दै नेपाली समाजको ढुकढुकी छाम्न सक्ने कथाकारको खुबी रहेको व्यक्त गरे ।
    हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले निकै लामो समयदेखि पूर्णिमाले आख्यानका विभिन्न कार्यक्रमहरु गर्दै आएको स्मरण गर्दै आगामि दिनहरुमा पनि यस्ता कार्यक्रमहरु गर्दै जाने बताए ।
    कथाकार महेश विक्रम शाहले आपूmले सामाजिक धरातलमा टेकेर मात्र कथा लेख्ने गरेकोले आपूm स्थापित हुन सकेको बताए । संवाद कार्यक्रममा विभिन्न पाठकहरुले उठाएका प्रश्नहरुको उत्तर दिंदै शाहले कथासंग्रह भुँइखाटबाट आपूm सन्तुष्ट रहेको बताए । अन्तरसंवाद कार्यक्रमको सहजिकरण लेखक तथा पूर्णिमाका सल्लाहकार सागर गैरेले गरेका थिए ।
    कार्यक्रममा साहित्यकार हरिप्रसाद तिमिल्सेना, सुमित्रा न्यौपाने, मणि अर्याल, इन्द्र भण्डारी, भरत रानाभाट, पुष्पमणि प्रधान, सरकारी कार्यालयका उच्च पदस्थ कर्मचारीहरु लगायत २०० जना बढीको उपस्थिति रहेको संस्थाका अध्यक्ष ढकालले बताए ।
    जम्मा जम्मी १८ वटा कथाहरु रहेको भुँइखाट महेश विक्रम शाहको सातौं कृतिको रुपमा फाइनप्रिन्टले प्रकाशित गरेको हो ।

  • १० चैत्र २०७४, शनिबार १९:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित