मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बलिउड अभिनेता अक्षय कुमार किन बने रिक्सा चालक
  • मार्गरेखा संवाददाता

  • बलिउड अभिनेता अक्षय कुमारलाई जब समय मिल्छ तब उनी परिवारसँग समय बिताउन रुचाउँछन् । उनी कहिले परिवारसँग फिल्म हेर्न जान्छन् त कहिले बच्चासँग घुम्न निस्किन्छन् । अहिले उनी श्रीमती ट्विंकल खन्नाका लागि रिक्सा ड्राइभर बनेका कारण चर्चामा छन् । ट्विंकल खन्नाले आफैँ इन्स्टाग्राममा त्यसको तस्बिर हालेकी हुन् । उनले बिहानै ४ बजे उठेर श्रीमान्सँग लामो समय बिताएको पनि स्टाटसमा उल्लेख गरेकी छिन् ।

     

    तस्बिरका साथ उनले थप लेखेकी छन्, ‘कसैका लागि यो पागलको जस्तो हर्कत हुन सक्ला, तर मेरा लागि पर्फेक्ट आइतबार हो ।’ बिहानै ४ बजे उठेपछि उनले केही लेख्ने काम गरिन् । यसपछि घुम्नका लागि अक्षय पनि उनीसँगै थिए । अक्षय उनका लागि रिक्सा ड्राइभर पनि बने । यी सब काम अक्षयले बिहान ९ बजेअघि नै गरिसकेका थिए ।

  • १२ चैत्र २०७४, सोमबार १२:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित