मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल कम्युनिस्ट पार्टीले गठन गरेको जिल्ला जनपरिषद बर्दियाले बर्दियाका स्थानीय जनप्रतीनिधी संग राजीनामा माग
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया,चैत्र,१२।नेपाल कम्युनिस्ट पार्टीले गठन गरेको जिल्ला जनपरिषद बर्दियाले बर्दियाका स्थानीय तहका सबै जनप्रतिनिधिलाई राजिनामा गर्नका लागि पत्र पठाएको छ । जिल्ला जनपरिषद बर्दियाको चलनी नम्बर २५ लेखीएको पत्र मा चैत्र १२ मिती राखीएको छ । बर्दिया जिल्लाका ८ओटा स्थानीय प्रतिनिधिका र वडा अध्यक्ष हरुको कार्यालय र घरमा राजिनामा पत्र पुगेको छ ।जिल्ला जनपरिषद् प्रमुख टिकाराम चौधरीले हस्ताक्षर गरेको पत्र बर्दियाका सबै स्थानीय तहका जनप्रतिनिधिको हातहातमा पुगेको नगर प्रमुखहरुले स्बिकार गरेका छन । त्यसैगरी राजापुरको नगरपालिकाकी मेयर शिब प्रसाद थारुलाई भने चैत्र १२गते पत्र पठाएको बताएका छन । पत्रमा सरकारले लोकतन्त्रको नाममा फासिवाद अभ्यास, आफै सरकारका प्रमुख आफै व्यापारी,ठेकेदार आफै ब्याबसायी सिहदरबार देखीस्थानिय गाउ टोल टोलमा भ्रष्ट्रचार कालो बजारी,राजनितिक तथा सामाजिक दलाली मानव बेचबिखन, भ्रष्टाचार, कर छली, नियन्त्रण गर्न नसकेको कारण राजिनामा गर्न भनिएको छ ।राजिनामा पत्रमा भनिएको छ, “जनविरोधी दलाल संसदीय सत्ताको प्रतिनिधि बनेर जनताको नजरमा कलंकित बन्नुको सट्टा आफ्नो पदीय ओहदाबाट राजिनामा दिई जनपरिषदलाई वैकल्पिक जनसत्ताको रुपमा स्वीकार गरी जनसेवा र राष्ट्र निर्माणमा सहयोग गर्न यसपत्रमार्फत आग्रह गरिन्छ । अन्यथा निस्कने परिणामको जिम्मेवारी स्वंम हुनुपर्ने जानकारी गराइन्छ भनिएको छ।”

     

  • १२ चैत्र २०७४, सोमबार १८:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित