मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कर्मचारीको कारणले मुलुकको विकासमा बाधा भएको आरोप लगाउदै दलगत सबै ट्रेड युनियन खारेज गर्न सरकारलाई सुझाव नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई
  • मार्गरेखा संवाददाता

  • नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफ्नो पार्टी बैकल्पिक राजनीतिक शक्तिका रुपमा स्थापित हुनुको विकल्प नभएको बताएका छन् ।
    नयाँ शक्ति पार्टी नेपाल बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन । पूर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले भने–‘ हिजोका हाम्रा सहयात्री पार्टी र व्यक्तिहरु सत्ताको उन्मादमा तल्लीन रहेकोले अब नयाँ शक्ति नै बैकल्पिक शक्तिका रुपमा स्थापित हुन्छ ।’
    उनले मुलुकको विकास र समृद्धिको स्पष्ट खाका आफूहरुसित रहेको दाबी गर्दै भने–‘ अब पनि नारा र सपना बाँडेर मात्र विकास हुँदैन ।’ नयाँ सरकारबारे अहिल्यै टिप्पणी नगर्ने भन्दै उनले ‘हनिमुन पिरियड’पछिमात्र मूल्यांकन गर्ने बताए ।
    उनले कर्मचारीको कारणले मुलुकको विकासमा बाधा भएको आरोप लगाउदै दलगत सबै ट्रेड युनियन खारेज गर्न सरकारलाई सुझाव दिदै भने–‘ कर्मचारीतन्त्र विकासमुखी नभएको र पुरानो ढर्राबाट चलिरहेकाले आमूल परिवर्तनको लागि सरकारले अत्यन्तै ठोस कदम चाल्दै दलगत ट्रेड युनियन खारेज गर्नु पर्छ ।’
    उनले कर्मचारी मात्रै न भएर शिक्षा क्षेत्रमा झन दलकै कार्यकर्ता भर्तिकेन्द्र बनाएको कारण शिक्षा झनै चौपट भएको आरोप लगाउदै भने–‘शिक्षक र कर्मचारीले सेवाभाव भन्दा पनि जागिरे मानसिकताले कर्मचारीलाई गाँजेको कारण विकास र शैक्षिक उन्नती हुन नसकेको हो । बर्तमान सरकारले यो परिपाटि हटाउन पहल गर्नै आवश्यक छ ।’

  • १३ चैत्र २०७४, मंगलवार १५:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित