मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

स्वच्छ वातावारणमा विकास निर्माण हुुनुु पर्ने माग गदै मुद्धा दायर
  • मार्गरेखा संवाददाता

  • सोम गुुरुङ,बाँके १३ चैत्र ÷ बाँके जिल्लामा निर्माण भईरहेको भौतिक निर्माणका कार्यहरु धुुलो नउडाएर काम गर्नुु पर्ने र निर्माण गर्दा आम नागरिकको स्वास्थ्यलाई ख्यालमा राखेर बातावरण र स्वास्थ्य मैत्री रुपमा विकास निर्माण गर्नुु पर्ने माग राख्दै चैत्र ७ गते परेको सार्वजनिक सरोकारको रिट निवेदनमा उच्च अदालत तुुलसीपुुर नेपालगन्ज इजलासमा चैत्र ८ गते सो विषय माथि बहस हुुदाँ उच्च अदालत तुुलसीपुुर इजलास नेपालगन्जले विपक्षीहरुलाई अन्तरिम आदेश छलफलको यही चैत्र १४ गते उच्च अदालत तुल्सीपुर इजलाशमा पेशीको लागि तारेख तोकेको छ ।
    सो पेशीको दिन विकासको निर्माण कार्य गर्दा धुलो रहित तरिकाले निर्माण हुुनुु पर्ने र बातावरण र स्वाथ्य मैत्री तरिकाले निर्माण हुुनुु पर्ने नेपालको संविधानमा स्वच्छ वातावरणको हक रहेको छ । तर सो अनुसारको कार्यान्वयन नभईरहेको स्थिती विद्यमान रहेको छ । वातावरणमैत्री तरिकाले निर्माण हुदाँ नकारात्मक असर पुुगेको छ ।
    बाके जिल्ला नेपालगन्ज उपमहा नगरपालिका वार्ड नं.७ हाल १० स्थित सुचना र मानवअधिकार अनुसन्धान केन्द्रको तर्फवाट अध्यक्ष अधिवक्ता विश्वजीत तिवारी र जिल्ला बाके नेपालगजं उपमहा नगरपालिका वार्ड नं.०२ हाल वार्ड न.१२ अधिवक्ता सुनिल कुमार श्रेष्ठले क्षेत्रिय ट्राफिक कार्यालय, बाँके, नेपाल,भेरी अञ्चल यातायात कार्यालय, बाँके, नेपालगंज, नेपालगजं उपमहा नगरपालिकाको कार्यालय,ऐ. को वातावरण विभाग, जिल्ला प्रशासन कार्यालय, बाके,क्षेत्रिय सडक तथा डिभिजन कार्यालय, बाँके,हुलाकी राजमार्ग कार्यालय, बाँके, जिल्ला ट्राफिक कार्यालय, बाँके, नेपालगज, मुख्य मन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय, ५ नं. प्रदेश, वुटवल,उधोग,पर्यटन,बन तथा बातावरण मन्त्रालय प्रदेश नं.५ बुटवल समेतलाई विपक्षी बनाई रिट दर्ता गर्नुु भएकोमा सो विषयमाथि सुुनुुवाई हुुने भएको छ । विकास निर्माण गर्दा सर्वोच्च अदालको आदेशमा वातावरणमैत्री रुपमा दिनको दुुइ पटक पानी हाल्नुु पर्ने परमादेश जारी गरिसकेको स्थिती रहेको छ । नेपालगन्ज उपमहा नगरपालिका वडा नं.११ सदरलाइन निवासी आरटिआई अभियान्ता शैलैन्द्र बैश्यले बोटो निर्माण हुदाँ धुुलो उडेर स्वास्थ्यमा कठिनाई भएको बताउनुुभयो ।
    चैत्र ८ भएको बहसमा निवेदकहरुको पक्षबाट अधिवक्ताहरु पदम बहादुर श्रेष्ठ ,अरुण पौडेल, ध्रुुव प्रसाद बस्याल, कुुमार कोईराला, पूर्ण प्रसाद ढकाल, पदकोण श्रेष्ठ, रसेश बैध, विश्वजित तिवारी, सुुनिल श्रेष्ठ, उदय राज बर्मा र सुुदिप कुुमार भट्टराई समेतले बहस गर्नुु भएको थियो । साथै ५नंं.प्रदेशका मुख्य मन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय,र उधोग,पर्यटन,बन तथा बातावरण मन्त्रालय प्रदेश नं.५ को माथि निजहरुले पदभार ग्रहण गरेको देखि यो निजहरु उपर सार्वजनिक सरोकारको विषयमा पहिलो रिट निवेदन समेत रहेको छ ।

  • १३ चैत्र २०७४, मंगलवार १९:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित