मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कुन उमेरमा कस्तो स्वास्थ्य परीक्षण ?
  • मार्गरेखा संवाददाता

  • बढ्दो उमेरसँगै कैयौँ प्रकारका स्वास्थ्य समस्या देखा पर्छन् । सही समयमा समस्याको पहिचान गर्न सके कैयौँ रोगबाट बच्न सकिन्छ । त्यसैले सम्भावित रोगबाट बच्न समय–समयमा स्वास्थ्य परीक्षण गर्न आवश्यक हुन्छ ।

    एक वर्षभित्र

    भर्खर जन्मिएको बच्चाको शारीरिक र मानसिक अवस्थाबारे जानकारी हुन आवश्यक हुन्छ । यसका लागि थाइराइडको जाँच गर्नुस् । यदि बच्चा पूर्ण रूपमा स्वस्थ छ भने पटक–पटक मेडिकल टेस्ट गर्नुपर्दैन ।

    डा. मनीष जैन, जनरल फिजिसियन

    २–३ वर्षमा

    बच्चाले दुई वर्षको उमेर पार गरिसकेपछि कैयौँ खानेकुरा खान थाल्छन् । जसकारण पेटसम्बन्धी समस्या देखिन सक्छ । यसबारे जानकारी लिनका लागि स्टुल टेस्ट गराउन आवश्यक हुन्छ ।

    ४–५ वर्षमा

    यो उमेरका बच्चाको उचाइ, तौल, दाँत र आँखाबारे सही जानकारी लिन आवश्यक हुन्छ । जसका लागि चिकित्सककहाँ पुगी सामान्य मेडिकल जाँच गराउँदा हुन्छ । यसबाट बच्चाको शारीरिक र मानसिक फिटनेसबारे पनि जानकारी लिन सकिन्छ ।

    १०–१४ वर्षमा

    यो उमेरमा नियमित चेकअप गराउन सक्नुहुन्छ । यसबाट कैयौँ सम्भावित रोगबारे पूर्वजानकारी हुन्छ ।

    १५–१९ वर्षमा

    यो उमेरमा पुरुषकोे तौल तीव्र गतिमा बढ्छ । त्यस्तै, एक्स–रे, लिपिड प्रोफाइल, रगतमा चिनीको मात्रा र थाइराइडको परीक्षण गर्न आवश्यक हुन्छ । त्यस्तै, महिलाको महिनावारी सही समयमा भएको छैन भने हर्मोनल र थाइराइड परीक्षण गर्नुपर्छ ।

    २०–३९ वर्षमा

    यो उमेरमा पुगेपछि कैयौँ शारीरिक समस्या हुन थाल्छ । त्यस्तै, डाक्टरको सल्लाहअनुसार नियमित स्वास्थ्य परीक्षण गर्न आवश्यक हुन्छ । महिलामा नियमित महिनावारी भएको छैन भने पिसिओडी परीक्षण गर्नुपर्छ । गर्भवती हुनुहुन्छ भने पहिलो तीन महिनामा रगतमा चिनीको मात्रा, थाइराइड, युरिन, हेमोग्लोबिन र एचआइभी परीक्षण गर्न आवश्यक हुन्छ ।

    ४०–५० वर्षमा

    यस उमेरमा पुगेका पुरुषको तौल निकै बढेको छ भने नियमित स्वास्थ्य परीक्षण गर्न आवश्यक हुन्छ । महिलाको ब्रेस्टमा समस्या या गाँठागुठीको महसुस भएमा मेमोग्राफी गर्नुपर्छ । तल्लो पेट दुख्यो वा महिनावारी नियमित छैन भने पेल्भिक सोनोग्राफी गर्न जरुरी हुन्छ ।

    ५० वर्षपछि

    यो उमेरमा पिसाब गर्दा दुखाइ महसुस भएमा युरिन टेस्ट गर्न भुल्नुहुँदैन । कम काम गर्दा पनि थकाइ महसुस हुने, पसिना आउने गर्छ भने रक्तचाप (बिपी) जाँच गर्नुपर्छ ।

    यो उमेरमा हाडसम्बन्धी कैयौँ समस्या देखिन सक्छ । यसका लागि बोन मिनरल डेन्सिटी टेस्ट गर्नुपर्छ । पुरुषको प्रोस्टेटमा समस्या भए प्रोस्टेट स्पेसिफिक एन्टिजेन टेस्ट गर्नुपर्छ । यो उमेरमा डाक्टरको सल्लाहअनुसार नियमित स्वास्थ्य परीक्षण गरी त्यहीअनुसारको उपचार गर्न जरुरी हुन्छ

  • १३ चैत्र २०७४, मंगलवार १९:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित