मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज राँझा विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल बनाउन माग
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज चैत्र १४ गते– नेपालगञ्जस्थित राँझा विमानस्थललाई अन्तराष्ट्रिय विमान स्थलको रुपमा विस्तार गर्न तदारुकता देखाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाईमा आज बुधबार बसेको सर्वदलीय वैठकले राँझा विमानस्थललाई अन्तराष्ट्रिय विमान स्थलका रुपमा विकास र विस्तार गर्न आवश्यक प्रक्रिया अगाडी बढाउन नेपाल सरकारसँग अनुरोध गरेको छ । उपमहानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणाको अध्यक्षतामा प्रदेश सभा सदस्य, जनप्रतिनीधी, सम्वद्ध निकायका अधिकारी, नागरिक समाजका अगुवा सहितकोे वैठकले राँझा विमानस्थललाई अन्तराष्ट्रिय विमान स्थलको रुपमा विस्तार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन ५ नं. प्रदेश सरकार र संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
    पश्चिम नेपालको प्रवेश विन्दु र व्यापारिक नाका भएको नेपालगञ्जमा सुख्खाबन्दरगाहा निर्माण प्रक्रिया अघि बढीरहेको र मानसरोबरलगायत अन्य धार्मिक स्थलहरु सम्मको पर्यटकिय रुट विस्तार हँुदै गरेको सन्दर्भमा अन्तराष्ट्रिय विमानस्थल बनाउनुपर्ने आवश्यकतामा जोड दिदै सो को पूर्वाधार निर्माण सम्बन्धी एक अध्ययन टोली गठन गरी प्रक्रिया बढाउन जोडदार माग गरिएको छ ।
    यस्तै भारतीय शहरहरुमा उडानको व्यवस्था गरिदिन पनि आवाज उठाइएको छ । मानसरोवर लगायत अन्य धार्मिक पर्यटकीय स्थलमा आउने भारतीय तिर्थयात्रुहरु, व्यापरिक तथा अन्य यात्रुहरुलाई हवाई यातायात उपलब्ध गराउन तत्काल भारतका शहरहरुमा हवाई उडान गर्न आवश्यक व्यवस्थापनका लागि अनुरोध गर्ने निर्णय गरिएको उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले जानकारी दिनु भयो । यस्तै राँझांविमानस्थल क्षेत्रमा रहेका जग्गा मुआब्जा सम्बन्धी केही व्यक्तिले मुआब्जा प्राप्त गरेको तर कतिपयले हाल सम्म मुआब्जा नपाएको विषयमा टुङ्गो लगाउन यथाशिघ्र प्रारम्भीक अधिकारी तोकी प्रक्रिया अगाडि बढाउन पनि नेपाल सरकार समक्ष अनुरोधसहितको माग गरिएको छ । प्रदेश सभाषद सुरेन्द्र हमाल, आईपी खरेल, पार्वती (उषा) पुन, मो याकुव अन्सारी, जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तव, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, नागरिक उडयान प्राधिकरण नेपालगञ्जका प्रमुख प्रताप बाबु तिवारी, जिल्ला प्रहरी प्रमुख टेक बहादुर तामाङ, पत्रकार महासंघ बाँके अध्यक्ष ठाकुर सिंह थारु, नेपालगञ्ज उद्योग वाणीज्य संघका अध्यक्ष नन्दलाल वैश्य, एमाले बाँके अध्यक्ष अशोक कोइराला लगायतको सहभागिता रहेको वैठकमा व्यापक छलफल गरिनुका साथै थप पहलकदमी लिइने पनि तयारी गरिएको छ । एअरपोर्ट विस्तार, सुधारका लागि एअरलाइन्स र आम उपभोक्ताको सामुहिक माग आईरहेकाले उपमहानगरपालिकाले सम्वोधनका लागि सम्वन्धित पक्षसमक्ष प्रक्रिया अगाडी बढाउने पहल गरेको नगर प्रमुख डा राणाले बताउनु भयो ।

     

  • १४ चैत्र २०७४, बुधबार २१:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित