भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्बन्धी स्थानिय तहका प्रमुख तथा पदाधिकारीहरुबीच अन्तरक्रिया कार्यक्रम आज नेपालगन्जमा सम्पन्न भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुर र बासको संयुक्त आयोजनामा आयोजित कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबद्र्धनमा जनप्रतिनिधिहरुको भुमिकाका बिषयमा राष्ट्रिय सुचना आयोगका प्रमुख सुचना आयुक्त कृष्णहरी बाँस्कोटाले प्रश्तुतीकरण गरेका थिए । यसैगरी अन्तरक्रिया कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले गरिरहेका क्रियाकलापहरुको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरका प्रमुख ईश्वर कार्कीले प्रश्तुतीकरण गरेका थिए । बासका कार्यकारी निर्देशक नमस्कार शाहले संचालन गरेको अन्तरक्रिया कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणा, खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति, राप्ती सोनारी गाँउपालिकाकी उपाध्यक्ष धनी कुमारी खत्री लगायत उपस्थित जनप्रतिनिधिहरुले अनुभव तथा जिज्ञासा राखेका थिए । जिल्ला भरीका सबै स्थानिय तहका प्रमुख तथा प्रतिनिधि, वडा अध्यक्षको सहभागिता रहेको कार्यक्रममा स्वागत बासका अध्यक्ष मन भण्डारीले गरेका थिए भने कार्यक्रमको समापन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरका प्रमुख ईश्वर कार्कीले गरेका थिए । कार्यक्रममा १ सय २० बढीको सहभागिता रहेको थियो ।