बाँकेमा श्रीमानले गोली हानेर श्रीमतिको हत्या गरेका छन् । डुडुवा गाउँपालिका–३ बनकट्टीका ३० बर्षीय सञ्जयकुमार बर्माले २८ बर्षीया श्रीमति सुनिता वर्माको गएराति गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
कोखा र दाहिने हातमा गोली लागेकी सुनिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गोली हानेर आफ्नै श्रीमतिको हत्या गरेका बर्मालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
प्रहरीका अनुसार, मानसिक रोगको औषधि सेवन गरिरहेका बर्माले बयानका क्रममा घरमा काम गर्ने नोकरसँग श्रीमतिले लसपस गरेकाले हत्या गरेको बताएका छन् । नियन्त्रणमा रहेका बर्मामाथि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।