मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नागरिकलाई अबिलम्ब सुचना प्रवाह गर्न निर्देशन राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेल
  • मार्गरेखा संवाददाता

  • सोम गुुरुङ्ग,बाँके १६ चैत्र ÷सुचनाको हक सम्बन्धि जिल्ला स्तरीय सम्मेलन आज कोहलपुुरमा सम्पन्न भएको छ ।राष्ट्रिय सूचना आयोग, जिल्ला प्रशासन कार्यालय, बाँके,सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र, सूचना अधिकार समुह, कोहलपुुर, नेपालगन्ज मेडिकल कलेजको सयुुक्त आयोजना सम्पन्न भएको छ । सो जिल्ला स्तरीय सम्मेलनको सहजीकरणप्रमुुख अतिथि राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले गर्नुु भएको थियो । उहाँले सार्वजनिक निकायका सम्पुर्ण निकायले अविलम्ब सूचना अधिकारी तोक्नुु पर्ने र सूचनाको हकलाई कार्यान्वयन गर्नुु पर्नेमा जोड दिनुुभयो । सो सम्मेलनमा अख्तियार दुुरुपयोग अनुुसन्धान केन्द्र, कोहलपुरका प्रमुख ईश्वर कार्कीले भ्रष्टाचारको अवस्था बारे प्रस्तुुतीकरण गर्नुु भएको थियो । उहाँले सो प्रस्तुुतीकरण गर्नुु हुुदै नेपाललाई भ्रष्टाचारमुत्तः बनाउन सबैले प्रयास गर्नुु पर्नेमा जोड दिनुुभयो ।
    सो सूचनाको हक सम्बन्धि जिल्ला स्तरीय सम्मेलनमा बाँके जिल्लाका सरकारी निकायका प्रमुुख तथा सूचना अधिकारी गरि जम्मा १२० भन्दा बढीको सहभागिता रहेको थियो । सो सम्मेलनमा सूचना र मानव अधिकार अनुुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले स्वागत मन्तब्य साथै सूचनाको हकको बारे जानकारी गराउनुुभएको थियो । त्यसै गरि आईएचआरसीका कार्यकारी निर्देशक राकेशकुुमार मिश्रले सूचनाको हक सम्वन्धी ऐन र बाँके जिल्लामा कार्यान्वयनको अवस्था बारे कार्यपत्र प्रस्तुुत गर्नुु भएको थियो । सो कार्यपत्र बारेमा खुुला छलफल समेत गरिएको थियो । सो सम्मेलनले ६ बुुँदे प्रतिबद्धता समेत घोषणा गरेको छ ।
    सो अभिमुुखीकरणलाईकोहलपुुर नगरपालिका कार्यालयका उप प्रमुुख सन्जुु कुुमारी चौधरी,नेपाल पत्रकार महासंघ, बाँकेका उपाध्यक्ष प्रदिप वाग्ले, नेपालगन्ज मेडिकल कलेजका वित्तिय प्रमुख श्याम शर्मा, कोहलपुुर नगरपालिका वडा नं.१० का वडा अध्यक्ष निरज चलाउनेलगायतले आ आफनो विचार राख्नुु भएको थियो । सो सम्मेलन सूचना अधिकार समुह,कोहलपुुरका संयोजक जयसिह केसीको अध्यक्षताको सम्पन्न भएको थियो भने कार्यक्रम सन्चालन निर्मल आर्चायले गर्नुु भएको थियो ।

  • १६ चैत्र २०७४, शुक्रबार १६:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित