मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

हनुमानबारे रोचक तथ्य
  • मार्गरेखा संवाददाता

  • हनुमान जयन्ती दुई फरक तिथिमा मनाइन्छ- कार्तिक कृष्ण चतुर्दशी तथा चैत्र शुक्ल पूणिर्मा । शास्त्रमा मतैक्य नहुनाले चैत्र शुक्ल पूणिर्माका दिन हनुमानको जन्म दिवस मनाइन्छ, यद्यपि वायु पुराण आदिका अनुसार कार्तिक कृष्ण चतुर्दशीका दिन हनुमान् जयन्ती अधिक प्रचिलित छ, तर पहिलो जन्म दिवस हो भने दोस्रो विजय अभिनन्दन महोत्सव हो ।

    हनुमानमा विषयमा अनेकौं प्रसंग रामायाण, महाभारत तथा पुराणादिमा पाइन्छ । मारुतिनन्दन, केशरीनन्दन, अञ्जनीपुत्रजस्ता विभिन्न नामले चिनिने हनुमानलाई रुद्रावतार मानिन्छ । उनी अपरिमित बुद्धि एवं बलका स्वामी मानिन्छन् । हनुमानलाई बजरंग बली पनि भनिन्छ किनभनें उनको शरीर वज्र समान थियो ।

    संस्कृत व्याकरणअनुसार ‘हन्’ धातुमा ‘मतुप्’ प्रत्यय लागेर हनुमान शब्दको उत्पत्ति भएको छ । हनुको अर्थ चिउाडो हो जो हन् धातुबाट बनेको छ । ‘हन्’ धातुको अर्थ हिंसा अथवा गति भने पनि हुन्छ । अतः हनुमान शब्दको अर्थ वेगवान् गतियुक्त शक्ति भन्ने हुन्छ । हनुको अर्को अर्थ आज्ञापालक पनि भनिएको छ । त्यसैले पनि हनुमान भगवान् रामभक्त थिए भनिन्छ ।

    भय मानिसको मूलभूत प्रवृत्ति हो । दुष्ट आत्माको प्रकोपबाट बचाउने वाला शक्तिको नाम हनुमान हो । त्यसैले भयबाट मुक्त हुन हनुमान चालिसा, हनुमान साठिका जस्ता पाठ गर्ने परम्परा छ ।

    हनुमान कुनै पनि रूप धारण गर्न सक्थे । कुस्ती खेल्ने हरेक अखडाहरू, शारीरिक स्वास्थ्य केन्ऽमा हनुमानका मूर्तिहरू स्थापना गरिएका हुन्छन् । विशेषगरी गाउाको सीमा क्षेत्रमा पनि हनुमानका मूर्तिहरू स्थापना गरिएका हुन्छन् । स्कन्द पुराणको अवन्ति खण्डमा हनुमानभन्दा जगत्मा ठूलो प्राणी कोही छैन । परब्रह्म, उत्साह, मति, प्रताप, सुशीलता, माधुर्य, नीति, गाम्भीर्य, चातुर्य, सुवीर्य, धैर्य आदिका दृष्टिले हनुमानभन्दा अर्को ठूलो कोही पनि छैन भनिएको पाइन्छ ।अनलाइनखबर

  • १७ चैत्र २०७४, शनिबार १८:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित