मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

एनएमसी द्धारा वृद्धवृद्धा र अनाथ बालबालिकाहरुलाई सहयोग
  • मार्गरेखा संवाददाता

  • सुनिल रेग्मी
    नेपालगञ्ज, चैत्र २३/ हाम्रो अभियान समाजिक उत्तरदायित्व भन्ने नाराका साथ आर्दश ग्रुप द्धारा सन्चालित नेपालगन्ज बहुमुखी क्याम्पस (एनएमसी) नेपालगन्जले शुक्रवार वृद्ध वृद्धा र अनाथ बालबालीकाहरुलाई सहयोग गरेको छ ।
    क्यापसमा अध्यनरत विविएस प्रथम,दोस्रो र तेस्रो वर्षमा अध्यनरन्त विद्यार्थी, शिक्षक तथा विभिन्न दाताहरुबाट सहयोग सङकलन गरी वृद्ध वृद्धा र अनाथ बालबालीकाहरुलाई सहयोग गरिएको छ । विद्यार्थिहरुले ७१ हजार ६ सय ८२ रुपैया संकलन गरेका थिए ।
    संकलन गरीएको रकम मध्ये अनाथ बालबालिकालाई ३५ हजार बराबरको जिन्सी सामग्री (कापी, कलम, फलफुल, चामल, पिठो, खेलकुद सामाग्री, तेल, सेम्पु, ब्रस, मन्जन लगायत ) र १० हजार १ सय ८ रुपैयाँ नगद रकम समाज विकास तथा प्रर्वद्धन केन्द्र ईन्द्रपुरलाई हस्तान्तरण गरेको आर्दश तथा एनएमसिका मुख्य निर्देशक इश्वर प्रसाद पोखरेलले जानकारी दिए ।
    त्यस्तै भेरी बृद्धाश्रममा १० हजार बराबरको सामान (चामल पिठो, चिउरा, भुजा, साबुन, फलफुल, कपडाहरु ) वितरण गरीएको मुख्य निर्देशक पोखरेलले जानकारी दिए । भेरी बृद्धाश्रमलाई नगद ५ हजार १ सय ८ रुपैया नगद समेत प्रदान गरिएको छ ।
    सङकलित बाकिँ रकमलाई एनएमसि सामाजिक उत्तरदायित्व कार्यक्रम कोष समेत निर्माण गरिएको छ । क्याम्पसका मुख्य निर्देशक ईश्वर पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख थानेश्वर पाण्डे,शिक्षक थमन केसी, शिक्षक भानुभक्त रेग्मी, समाज विकास तथा प्रर्वद्धन केन्द्र ईन्द्रपुरका अध्यक्ष मिन बहादुर अर्याल ,पत्रकारतथा विद्यार्थिहरु लगाएतको उपस्थिती रहेको थियो ।
    ८० भन्दा बढी बिद्यार्थीले वृद्ध वृद्धा र अनाथ बालबालीकाहरुलाई सहयोग गर्न रकम संकलन गरेका थिए । क्याम्पसको बिबिएस पहिलो, दोस्रो र तेस्रो वर्षमा अध्ययनरत बिद्यार्थीले समुहमा विभाजन गरेर संकलन गरेको शिक्षक थमन केसीले जानकारी दिए । मुख्यतया एनएमसीका लगनशिल, अनुशासित र स्वस्फुर्त रुपमा उत्प्रेरित भएका बिद्यार्थीहरुको अग्रसरतामा सम्पन्न भएको यस कार्यक्रमले गर्दा बिद्यार्थीहरुलाई स्वयं परिवार तथा समाजप्रति थप जिम्मेवार बनाएको महसुस गरिएकोे शिक्षक थमन केसीले जानकारी दिए । निर्माण गरिएको कोषलाई आगामि दिनमा सामाजिक उत्तरदायित्व कार्यक्रममा प्रयोग गरीने क्याम्पस प्रमुख थानेश्वर पाण्डेले जानकारी दिए । क्यापसमा अध्यनरत विद्यार्थी तथा शिक्षकहरुको अग्रसतामा आगामी शुक्रवार नेपालगन्ज बजार सरसफाइ गरिने कार्यक्रम तय भएको शिक्षक केसीले जानकारी दिए ।

  • २३ चैत्र २०७४, शुक्रबार १८:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित