नेपालगञ्ज चैत्र २४ गते– नेपालगञ्ज उपमहानगरपालिकाको समग्र शैक्षिक नीति निर्माणको पहल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले नगरको शैक्षिक गतीवीधि सञ्चालन तथा सुधारका लागि शनीबारदेखि औपचारिक र नीतीगत पहल शुरु गरेको छ । नेपालगञ्जमा जारी दुई दिने उपमहानगरपालिकाको शिक्षा नीति निर्माण विषयक कार्यशाला गोष्ठीमा आएका सुझावलाई ग्रहण गर्दै उपमहानगरपालिकाले शैक्षिक नीती निर्माण गर्न लागेको हो । शिक्षाविद, सम्वद्ध अधिकारी, नगरका वडा अध्यक्ष, विभिन्न विद्यालयका प्राध्यापक, शिक्षक, सामाजिक संघ सस्थाका अगुवा सहभागी कार्यक्रममा विभिन्न शैक्षिक विकासको अवधारणा प्रस्तुतीका साथै सो विषयमा व्यापक छलफलका साथ शिक्षा नीतीको मस्यौदा निर्माण गरिने भएको छ ।
कार्यशाला शुभारम्भ गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणाले मानव विकासको अभिन्न अंग शिक्षालाई वीधि, प्रक्रिया र नियमसंगत बढाइनुपर्नेमा जोड दिनु भयो । शिक्षालाई अल्पकालीन र दिर्घकालिन सुधारका साथ प्रभावकारी नीती निर्माणको आवश्यक्ता उहाँले औल्याउनु भयो । नगर उपप्रमुख उमा थापामगरले सरकारले शिक्षालाई प्राथमिकता दिएसँगै सोे अनरुपका कानून र नीतीहरु पनि अविलम्व निर्माण गरेर कार्यान्वयनको बातावरण सिर्जना गर्नु पर्ने बताउनु भयो ।
उपमहानगरपालिकाका तर्फबाट शिक्षा प्रमुख इश्वर पौडेलले समग्र शैक्षिक अवस्था, चुनौतीका बारे प्रकाश पार्नु भयो भने दातृ निकाय सेभ द चिल्ड्रेनका तर्फबाट एक्टिङ प्रोग्राम म्यानेजर आत्मराम भटराईले शिक्षाको प्राथमिकताका बारेमा प्रष्ट पार्नु भयो । दातृ निकाय सेभ द चिल्ड्रेनका प्रमुख विरेन्द्र ठगुन्नाले स्वागत गर्दै कार्यक्रमको उद्येश्यमाथि प्रकाश पार्नु भएको कार्यक्रमा शिक्षा अधिकारी भिम बहादुर साउँदले पनि शैक्षिक नीतिबारे आफनो धारण राख्नुभयो । कार्यशालामा शिक्षाविद डा विद्यानाथ कोइरालाले शैक्षिक नीती, ऐन, प्रावधान, चुनौती लगायतका विषयमा प्रसतुती राख्नु भएपछि समूहगत छलफल भएको छ ।