लामो समयसम्म कपाल कडा भएमा त्यो थाइपरथाइरायडिज्म रोगको संकेत हुन सक्छ । यस्तो रोगले थाइरायड ग्लान्डलाई बढी सक्रिय बनाउँछ ।जसका कारण तीव्र गतिमा तौल घट्ने पनि समस्या हुन्छ ।
दैनिक कपाल झर्ने समस्या भएमा त्यो डायबिटिज या अलोपेसिया अरेटाको लक्षण हुन सक्छ । अलोपेसिया अरेटा यस्तो रोग हो जसले कपाल निकै छिटो झार्छ । यस्तो समस्याले कपाल गुजुल्टो पर्ने समस्या पनि निम्त्याउँछ ।
कपालमा अत्यधिक चाया भएमा सेबोरेहिक डर्मेटाइटिस नामक रोग लागेको हुन सक्छ । शरीरमा भएको इन्फेक्सनका कारण यस्तो रोग लाग्ने गर्छ । यस्तो रोगले पनि कपााल झर्ने र अुनहरामा रातो धब्बा देखिने समस्या हुन्छ ।
शरीरमा प्रोटिनको मात्रा कमी भएमा पनि कपाल झर्ने समस्या हुन्छ ।
कतिपय मानिसको कपालमा हाँगा पलाउने गर्छ । यस्तो समस्या बढी भएमा ट्राइकोरेक्सिस नोडोसा नामक वंशानुगत रोग पनि लागेको हुन सक्छ ।नयाँ पत्रिकाबाट