मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सूचना अभियन्ता स“गै ग्रामिण क्षेत्रमा पस्यो अख्तियार
  • मार्गरेखा संवाददाता

  • बाँकेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सूचना अधिकारका अभियन्तासँगै ग्रामिण क्षेत्रमा  भ्रष्टाचार नियन्त्रण र शुसाशन कायम गर्न अभियान शुरु गरेको छ ।

    अभियान अन्र्तगत अख्तियार कोहलपुर र सूचना अधिकार समूह कोहलपुरले राप्ती सोनारी गाउँपालिकामा १ दिने सूचनाको हक तथा भ्रष्टाचार न्यूनिकरण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा राप्ती सोनारी गाउँ पालिका अध्यक्ष लाहुराम थारु र गाउँपालिकाका प्रमुख प्रशासकीय अ

    धिकृत नोखिराम वलीले मुलुकमै सूचना मैत्री र शुसाशनयुक्त नमूना गाउँपालिकाको रुपमा राप्ती सोनारीलाई विकास गर्न प्रति

    बद्वता जाहेर गरेका छन्् । गाउँ पालिका अध्यक्ष थारुले भने–‘स्थानीय निर्वाचन पश्चात चुनिएका जनप्रतिनिधीहरु अहलिे पनि सिकाइकै अभ्यासमा रहेको हुँदा यस्ता कार्यशाला गोष्ठीहरुले आपूmहरुको क्षमता अभिबृद्विमा सघाउ पुग्ने छ, यस्ता कार्यक्रमह

    रुले निरन्तरता पाउनुपर्छ ।’ उनले राप्ती सोनारी गाउँपालिका भौगोलिक रुपमा ठुलो भएपनि पूर्वाधार सडक विस्तारले जिल्लामै दुर्गम क्षेत्रको रुपमा परिचय पाउँदा दुःख व्यक्त गरे । गाउँपालिका अन्र्तगत हुने सबै प्रकारका कार्यसम्पादन लाई चुस्त दुरुस्त पार्दै सूचनाको हक सम्बन्धी ऐन २०६४ लाई पूर्ण रुपमा कार्यान्वयनमा

    ल्याउन कुनै कसर बाँकी नराख्ने उनको भनाई थियो ।

    यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नोखिराम वलीले कर्मचारीबाट हुने सबै प्रकारका कार्यसम्पादनलाई सूचनामैत्री बनाउने प्रतिबद्वता व्यक्त गरेका छन् । उनले कर्मचारीहरुबाट हुने सबै प्रकारका कार्यसम्पादन तथा सेवा प्रवाहलाई पारदर्शी रुपमा अवलम्बन गर्न आपूm मातहतका कर्मचारीहरुलाई निर्देशन समेत दिएका

    छन् । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक इश्वर कार्कीले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्वनमा सम्बन्धी स्थानीय तहका प्रतिनिधीहरुसँग आफ्नो अन्तरक्रियात्मक प्रस्तुतीकरण दिएका

    थिए । उनको प्रस्तुतीमा बाँके जिल्लामा सरकारी तथा सामाजिक पद धारण गरेका व्यक्ति तथा निकायहरुमा अख्तियार दुरुपयोग सम्बन्धी परेका निवेदनहरुबारे प्रकाश पारेका थिए । राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका अन्र्तगत आयोगको कार्यालय कोहलपुरमा परेका उजुरीबारे पनि जनप्रतिनिधीहरुलाई जानकारी गराएका थिए । अख्तियार कोहलपुरका प्रमुख कार्कीको प्रस्तुती पछि सहभागि जनप्रतिनिधीहरुका तर्फबाट गाउँपालिका अध्यक्ष थारुले राप्ती सोनारीलाई भ्रष्टाचारमुक्त नमूना गाउँपालिका स्थापना गर्न प्रतिबद्व रहेको

    बताएका थिए ।

    कार्यक्रममा सूचना अधिकारका अभियन्ता तथा नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्व अध्यक्ष शुक्रऋषी चौलागाईले बाँके जिल्लामा सूचनाको हक सम्बन्धी ऐन २०६४ को कार्यान्वयन अवस्थाबारे प्रकाश पारेका थिए । पत्रकार महासंघ बाँके शाखा उपाध्यक्ष प्रदिप वाग्ले, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका जनसम्पर्क अधिकृत यम बहादुर खड्का, सूचना अधिकार समूह कोहलपुरका सल्लाहकार तथा पत्रकार भिम रावतले सूचनाको हक सम्बन्धी ऐन २०६४ लाई हरेक निकायले कार्यान्वयन गर्न विशेष भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम सूचना अधिकार समूह कोहलपुरका संयोजक जय सिंह के.सीको सभापतित्व एवम् समूहका सचिव निर्मल आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

     

  • २७ चैत्र २०७४, मंगलवार २०:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित