मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मिस नेपालको ताज शृङ्खला खतिवडालाई
  • मार्गरेखा संवाददाता

  • सन् २०१८ को मिस नेपाल वर्ल्डको उपाधि शृङखला खतिवडाले जितेकी छिन् । २४ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपालको उपाधि हेटौंडाकी खतिवडाले जितेकी हुन् । उनलाई गत वर्षकी मिस नेपाल वर्ल्ड निकिता चण्डकले क्राउन लगाइदिइन् । मिस नेपालको ताज पहिरिएकी उनले ‘मिस वर्ल्डमा प्रतिनिधित्व गर्नेछिन् ।

    सँगै मिस नेपाल यूनिभर्सको उपाधि मनिता देवकोटाले जितेकी छिन् । मिस नेपाल अर्थको उपाधि प्रिया सिग्देलले हात पारेकी छिन् । त्यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि रोनाली अमात्यले जितेकी छिन् ।

    बुधबार राति सम्पन्न मिस नेपाल २०१८को निर्णायकमा सुनिल शाक्य, भावना घिमिरे, रवीन्द्र मिश्र, अशिष्मा नकर्मी, श्रीहर राना, प्रतिष्ठा अमात्य बिष्ट, दीपक बिष्ट, निकिता पौडेल, इभाना मानन्धर र राजुविक्रम शाह थिए ।

    द हिडेन ट्रेजरले आयोजना गरेको मिस नेपालको फाइनल प्रतिस्पर्धा राजधानीको अन्नपूर्ण होटलमा भएको थियो ।

  • २९ चैत्र २०७४, बिहीबार ०६:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित