मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मानव अधिकार रक्षक संजाल बाँकेको संयोजकमा आरती बिक
  • मार्गरेखा संवाददाता

  • नेपालगंज,२९ चैत्र । बाँकेमा बिहिबार सम्पन्न एक भेलाले तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)को पहलमा आरती बिकको संयोजकत्वमा १२ सदस्यीय मानव अधिकार रक्षक संजाल बाँके गठन गरेको छ ।
    थर्ड एलायन्सको पहलमा गठन भएको कार्यक्रमलाई सम्बोधन गर्दै थर्ड एलायन्सका उप क्षेत्रीय प्रमुख आलम खानले सरकारी कार्यालयबाट सम्पादन हुने क्रियाकलापलाई थप जवाफदेही तथा उत्तरदायी बनाउका एवम स्थानीय समुदायलाई अधिकार र कर्तव्यका बारेमा सचेतना दिलाउनका लागि संजाल गठन गरेको बताए । उनले मानव अधिकारका क्षेत्रमा गरिने सबै खालका गतिविधिमा निगरानी गर्ने र संजाललाई प्रभवकारी बनाउन थर्ड एलायन्सले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिकिर गर्नु भएको थियो ।
    थर्ड एलायन्सका प्रमुख खानले रक्षक संजालले सेवा प्रदायक निकाय र सेवाग्राहीवीच समन्वय र सहकार्य गर्दै सहयोगीको भूमिका निर्वाह गर्नु रहेको बताएका थिए ।
    संजालको सहसंयोजकमा सियाराम धोबी,सचिव असलम भाट,सहसचिव सबित्री विश्वकर्मा,सदस्यहरुमा हिरा खत्री,प्रेम बिश्वकर्मा,जाहिद अहमद शेख,ओम प्रकाश यादव,अमृता कुमारी घर्ति,तुलसा घर्तिमगर,सुनिल चौधरी र रिया लामा रहनु भएको छ ।
    संजालले आफनो प्रथम बैठक आज नै सम्पन्न गरेको संयोजक तुलसा बिकले बताउनु भयो । बैठकलाई सम्बोधन गर्दै संयोजक बिकले मानव अधिकार मैत्री स्थानिय निकायलाई बनाउन कुनै कसर बाँकी नराख्ने जिकिर गर्दै संजालले आफनो सदस्यहरुको संख्य बृद्धि गर्ने बताउनु भयो ।

  • २९ चैत्र २०७४, बिहीबार १७:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित