मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाबुआमाको मृत्यु भएको ४ वर्षपछि चीनमा बच्चाको कसरी भयो जन्म
  • मार्गरेखा संवाददाता

  • चिनियाँ मिडियाको रिपोर्ट अनुसार चीनमा आफ्नो अभिभावकको कार दुर्घटनामा मृत्यु भएको चार वर्ष पछि तीनको बच्चा जन्मिएको छ । बच्चाको जन्म सरोगेट आमाको सहयोगबाट भएको हो ।

    सन् २०१३ मा मृत्यु भएको यो जोडीले मर्नुअघि टेष्ट ट्युब प्रणालीबाट बच्चा जन्माउनको लागि कयैन भ्रुण जमाउन दिएका थिए ।

    दुर्घटना पछि तिनको भ्रुण प्रयोग गर्न पाउनुपर्ने भनेर तिनको अभिभावकले लामो न्यायिक लडाई लड्नु प¥यो ।
    बच्चा डिसेम्बर २०१७ मा एक सरोगेट आमाबाट जन्मिएको हो ।

    यो हप्ता बेइजिङ्ग न्युजले पहिलो पटक यो समाचार बाहिर ल्याएको हो । यो विषयमा पहिले कुनै कानुन नभएकाले मृत जोडीका अभिभावकहरुले सरोगेसीमा जानको लागि लामो न्यायिक लडाई लड्नु परेको समाचारपत्रले जनाएको छ ।

    दुर्घटनाको समयमा भ्रुण नान्जिङ्ग अस्पतालमा सुरक्षित गरिसकिएको थियो । यसलाई माइनस १९६ डिग्रीको तरल नाइट्रोजन ट्याङ्कमा राखिएको थियो ।

    अदालती लडाईपछि मात्र जोडीका दुवै अभिभावक(केटा र केटी दुवैको )ले निषेचित भएको भ्रुणमाथि अधिकार पाएको थियो ।

    तर यो अधिकारसँगै अर्को समस्या आयो । यो भ्रुणलाई अर्को हस्पिटलले भण्डार गर्ने हो भने मात्र नान्जिङ्ग हस्पिटलले भ्रुण दिन राजि भयो ।

    तर प्रत्यारोपण नगरिएको भ्रुणको सम्बन्धमा रहेको कानुनी अस्पष्टताले गर्दा भु्रण राख्न तयार अर्को चिकित्सक सस्थान भेटिएन ।

    चीनमा सरोगेसी गैरकानुनी रहेको छ । त्यसैले यसको व्यवहारीक समाधानको लागि देशभन्दा बाहिर जाने विकल्प खोज्न थालियो ।

    अन्तत ती जोडीका अभिभावकले सरोगेसी एजेन्सीमा यसबारेमा बुझे र लाओस जाने निर्णय गरे जहाँ व्यावसायिक सरोगेसी मान्यता प्राप्त छ ।

    यसमा फेरी अर्को समस्या आईप¥यो । कुनै वायुसेवाले पनि थर्मस आकारको तरल नाइट्रोजनको बोतल आफ्नो प्लेनमा राख्न तयार भएनन् । यसका लागि सामाग्रीलाई कारबाट लाओस पु¥याइयो ।

    लाओसमा भ्रुणलाई एक सरोगेट आमाको पाठेघरमा राखियो र डिसेम्बर २०१७ मा छोरा जन्मियो ।

    ‘टियान्टीन’ नाम दिइएको बच्चा गर्भमा रहदा नै बच्चाको नागरिकता के हुन्छ भन्ने अर्को प्रश्न उठ्यो । यसको समाधानको लागि बच्चालाई चीनमै जन्माइएको थियो । यसका लागि सरोगेट आमा साधारण पर्यटन भिसामा चीन भ्रमणमा आएकी थिइन् ।बीबीसीबाट

  • २९ चैत्र २०७४, बिहीबार १७:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित