मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा पहिलो पटक विपद जोखिम न्यूनिकरण पाठ्यक्रम निर्माण गरिदै
  • मार्गरेखा संवाददाता

  • सिराज खान
    नेपालगन्ज, २९ चैत ः बाँकेमा बाढी, भुकम्प र अन्य प्राकृतिक विपदको उच्च जोखिममा रहेका विद्यालयहरुका लागि पहिलो पटक विपद जोखिम न्यूनिकरणसम्बन्धि पाठ्यक्रम निर्माण गर्न लागिएको छ ।
    विद्यालयमा विपद जोखिम न्यूनिकरण गर्ने उदेश्यले विद्यालय सुरक्षा योजना निर्माण तथा विपद जोखिम न्यूनिकरणसम्बन्धि पाठ्यक्रम निर्माण गर्ने कार्य जिल्लामा संगसंगै शुरु गरिएको छ ।
    सोही क्रममा डुडुवा गाउँपालिका अन्तर्गतका सामुदायीक बिद्यालय तथा मदरसाहरुको विद्यालय सुधार योजना निर्माण तथा विपद जोखिम न्यूनिकरण सम्बन्धि स्थानीय पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न गरिएको छ ।
    २ दिने सो कार्यशालामा डुडुवा गाउँपालिका अन्तर्गत रहेका १७ सामुदायीक विद्यालय तथा १३ वटा मदरसाका प्रधानअध्यापक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सो कार्यशालामा विद्यालय सुधार योजना निर्माण गर्ने प्रक्रिया रतरिका तथा विपद जोखिम न्यूनिकरण सम्बन्धि स्थानीय पाठ्यक्रम निर्माणका बारेमा बिस्तृत छलफल भएको विद्यालय सुरक्षा कार्यक्रमका संयोजक दिपेन्द्र चौधरीले बताए ।
    निम्न माध्यामिक विद्यालय बनकट्टीमा सम्पन्न भएको सो कार्यशालाको आयोजना डुडुवा गाउापालिकाको शिक्षा शाखाले गरेको थियो भने सो कार्यक्रमको आथिक तथा प्राविधिक सहयोग विद्यालय सुरक्षा कार्यक्रम अन्तर्गत सेभ द चिल्ड्रेन र बाँके युनेस्को क्लबले गरेको थियो ।
    कार्यक्रममा विभिन्न समुह बनाई विद्यालय सुधार योजना निर्माण बारे विस्तृत रुपमा छलफल तथा अन्तरक्रियाबारे डुडुवा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल र सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक प्रेम चन्दले सहजीकरण गरेका थिए ।
    सोही कार्यक्रममा विपद जोखिम न्यूनिकरण सम्बन्धि पाठ्यपुस्तक निर्माण गर्नका लागि डुडुवा गाउँपालिकाका शिक्षा प्रमुख खगेन्द्र मल्लको संयोजकत्वमा ६ सदस्यीय समिति समेत गठन गरिएको छ ।
    सो समितिमा गोपी चन्द बर्मा, मोहम्मद हुसेन खान, बद्रे आलम खान, इस्माइल खान र अनुप बर्मा सदस्य रहेका छन् । समितिले छिटै पाठ्यपुस्तक निर्माण गरेर प्रस्तुत गर्ने छ ।
    आवश्यक सबै प्रक्रिया पुरा गरेर समयमै विद्यालय सुधार योजना निर्माण गर्ने प्रतिवद्धता कार्यशालामा सहभागि सबै प्रधानाध्यापकहरुले सो अवसरमा जनाएका थिए ।
    विगत २ बर्षदेखि बाढीको उच्च जोखिममा रहेका बाँकेका विभिन्न सामुदायीक विद्यालय र मदरसामा बाँके युनेस्को क्लबले बिद्यालय सुरक्षा कार्यक्रम संचालन गर्दै आएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताए । उनले सो कार्यक्रमबाट विद्यालयको जोखिम धेरै कम हुँदै गएको पनि बताए ।

  • २९ चैत्र २०७४, बिहीबार १७:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित