हरिणको सिङबाट रगत झिक्ने प्रक्रिया आफैँमा पासविक हो । हरिणलाई नलठ्याईकन आराले काटिन्छ सिङ । हरिणको टाउकोलाई काठमा अड्याएर बुट लगाएका पहलमानले थिच्छन् भने सिङलाई डोरीले बाँधेर तानिन्छ । रगत झिक्नेक्रममा कतिपय हरिणको मृत्यु हुन्छ ।
रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन शक्तिका कारण जति विश्वभर चर्चामा छन् त्यति नै फिटनेसका कारण पनि । एक साताअघि चौथोपटक राष्ट्रपतिमा निर्वाचित पुटिनको लोभलाग्दो जीवनशैलीका कारण उनी प्रायः सञ्चारमाध्यमको मसला बन्छन् । पत्नीसँग सम्बन्धविच्छेद गरेका पुटिनको जोस लोभलाग्दो छ । शारीरिक रूपमा स्फूर्ति देखिन र यौनउत्तेजना बढाउन ६५ वर्षीय पुटिन नियमितजसो बाह्रसिंगेको धुलो खान्छन् र हरिणको रगतले नुहाउँछन् । यसले पुरुषको क्षमता तेब्बर वृद्धि गर्ने र विभिन्न प्रकारका रोगबाट बचाउने आमरसियालीको विश्वास छ । जनावरवादीहरूले पुटिनको हरिणमोहलाई पासविक बताउँदै आएका छन् ।
पुटिनले दुई वर्षअघि रसिया, चीन, मंगोलिया र काजकिस्तानलाई छुने अटलाई पर्वत शृंखलाको भ्रमण गरेका थिए । सो क्रममा उनी आफँैले झन्डै एक दर्जन हरिणको सिकार गरेका थिए । उनका लागि ७० किलो हरिणको सिङ र केही लिटर रगत तयार पारिएको थियो । ता कि प्ले व्वाय पुटिनको यौनक्षमता अझ सशक्त होस् ।
हाई प्रोफाइलका व्यक्ति गर्छन् ब्लडबाथ
रसियामा प्रायः हाई प्रोफाइलका व्यक्ति हरिणकोे रगतले नुहाउँछन् । सधैँ वयस्क देखिन रसियाली टेलिभिजन प्रस्तोता लिना लेनिना पनि नियमित रगतले नुहाउँछिन । पूर्वप्रधानमन्त्री दिमित्री मेदभेदम पनि हरिणको रगतले नुहाउँथे । दिमित्रीको सिको गर्दै पुटिनले एक दशकदेखि नै रातो हरिणबाट भरपूर स्वास्थ्य लाभ लिँदै आएका छन् । रसियाकोे इक्स्पर्ट म्यागेजिनका अनुसार पुटिन एक जनावरविज्ञसँग समेत सल्लाह लिन्छन् । क्रेमलिनका शक्तिशाली पुटिनले युरोपकै यौनखेलाडीको उपमा पाएका इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीलाई तीन वर्षअघि साइबेरिया भ्रमणका क्रममा हरिणको ब्लडबाथ लिन सुझाएका थिए ।
यौनक्षमता र रोगको उपचार
विज्ञका अनुसार हरिणको रगत पुरुषको यौनक्षमता वृद्धिका लागि महत्वपूर्ण टोनिक मानिन्छ । यसले शरीरको हड्डी, मांसपेशी र दाँत मझबुत बनाउने, दृष्टि तेज पार्ने, सुन्ने क्षमता सशक्त बनाउनुका साथै जलन, निमोनिया, दम, जोर्नी, हड्डी कमजोर र मेरुदन्डको समस्या समाधान गर्छ । बाह्रसिंगेलाई १५औँ शताब्दीको रसियाली साहित्यमा सुनको सिङ बताइन्थ्यो जसको सेवनले यौन गतिविधिलाई तेज बनाउँछ ।
आराले काटिन्छ जीवित हरिणको सिङ
हरिणको सिङबाट रगत झिक्ने प्रक्रिया अाफैमा पासविक हो । रगत निकाल्दाको क्रूरताको सीमा छैन । जीवित प्राणीलाई नलठ्याईकन उसको अंगलाई आराले काटिन्छ । सिङ काट्दा हरिणलाई थिच्दाको अवस्था कल्पनासमेत गर्न गाह्रो हुन्छ । हरिणको टाउकोलाई काठमा अड्याएर बुट लगाएका पहलमानले थिच्छन् भने सिङलाई डोरी बाँधेर तानिन्छ । पीडाका कारण कतिपय हरिणको रगत झिक्ने क्रममा मृत्यु हुन्छ । यसका लागि पहाडमा व्यवस्थित चेम्बर बनाइएको छ । सिङ निकालेपछि पट्टी बाँधेर हरिणलाई छोडिन्छ । केही दिनपछि हरिणको सिङ पलाउँछ । विभिन्न कारण चर्चामा आउने पुटिन अाफै हरिणको सिङ काट्छन् ।
सिङ झिक्ने विधि पासविक भएको रसियाको जनावर संरक्षण केन्द्रकी अध्यक्ष इरिना नोभेझिलोभा बताउँछिन् । ‘यो विधि जनावरमाथि निर्दयी व्यवहारको पराकाष्टा हो,’ उनी भन्छिन् । यस्ता कार्यमा राष्ट्रपति स्वयं संलग्न हुनु दुर्भाग्य भएको उनी बताउँछिन् ।
यौनशक्ति र साइबेरियाका बाह्रसिंगे
साइबेरियामा पाइने बाह्रसिंगेको सिङबाट निकालिएको रगत सेक्सपावरका लागि विश्वभर प्रख्यात छ । सेक्सपावरका अतिरिक्त विभिन्न रोगको उपचारमा उपयोगी हुने भएकाले यसको माग बढ्दो छ । विश्वका तानाशाह र राजनीतिज्ञले यसको नियमित प्रयोग गर्दै आएका छन् । साइबेरियाको अटलाई पहाडको हरिणको १० ग्राम रगतलाई सयौँ डलर पर्छ । जंगलभित्रै रहेका फार्महाउसबाट बोतलमा रगत बिक्री हुन्छ । यो रगतलाई भियग्रा ब्लडसमेत भनिन्छ । यो रगत दक्षिण कोरिया र अन्य एसियाली मुलुकमा आपूर्ति हुन्छ ।नयाँ पत्रिकाबाट