मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भोली नेपालगन्जमा राष्ट्रिय झण्डा महोत्सव हुदै
  • मार्गरेखा संवाददाता

  • नयाँ बर्षको पहिलो दिन शनिबार नेपालगञ्जको रामलीला मैदानमा हुने नेपाली झण्डा महोत्सवको तयारी पूरा भएको छ ।
    १ बैशाखलाई राष्टिय झण्डा दिवस मनाऔं भन्ने सन्देश दिने र राष्ट्रिय झण्डको सम्मानमा सर्बसाधारणलाई थप जागरुक गराउने महोत्सवको उद्धेश्य हो ।
    ‘झण्डाले ३६५ दिन संसारमा हामीलाई चिनाउछ, एक दिन हामी सबै नेपाली झण्डालाई समय दिउँ’ महोत्सवका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने —‘यो सबैको साझा कार्यक्रम हो, सबैलाई सहभागिताकालागि आह्वान गर्छाैं’ ।
    नेपाली राष्ट्रिय झण्डाको बनौट बिशिष्ट प्रकारकोछ । संसारका सयौं झण्डाहरुको बिचमा पनि हाम्रो झण्डा अलग्गै चिनिन्छ । यस झण्डाको ईतिहास निकै पूरानोछ । २५ सय बर्ष अघि भगवान गौतम बुद्ध जन्मनु अघि पनि यस झण्डाको प्रयोग भएको प्रमाणित तथ्य छ । त्यस भन्दा धेरै अघि देखि यो झण्डा प्रचलनमा छ ।
    बजारमा किन्न पाईने झण्डाको रंग फरक, फरक देखिन्छ । यस्तो नहोस् भन्ने सन्देश दिनु पनि महोत्सवको उद्धेश्य हो ।
    शनिवार बेलुकी ४.२९ बजे शुरु हुने कार्यक्रममा बिभिन्न पेशा र क्षेत्रका बिशिष्ठ व्यक्तित्वहरु सहभागि हुनेछन् । देशभक्ति र राष्ट्रियता झल्किने गित, संगित प्रस्तुत हुने कार्यक्रममा नायिका अश्लेषा ठकुरी पनि सहभागि हुनेछन् ।
    बिगत ३ बर्ष देखि नेपालगञ्जमा भईरहेको महोत्सव यस बर्ष देखि मुलुकका अन्य स्थानहरुमा पनि गर्न थालिएको परिकल्पनाकार शाहले बताए । उनले भने काठमाण्डौंको माईतीघरमा पनि शनिवार बेलुकी ५.०० बजे औपचारिक कार्यक्रम हुँदैछ । कार्यक्रममा बरिष्ठ संस्कृतिबिद् सत्यमोहन जोशीको सहभागिता रहनेछ । उक्त कार्यक्रमको संयोजन सामाजिक अयिन्ता चक्र बहादुर चन्दले गरेकाछन् ।
    यसैगरी भ्रष्टाचार बिरोधी सँस्था बासले देशका बिभिन्न जिल्लाहरुमा आफ्ना शाखाहरु मार्फत झण्डा दिवसका कार्यक्रमहरु गर्ने जनाएकोछ । नेपालगञ्जमा गरिने कार्यक्रममा दुई दर्जन बढि संस्थाहरुले एक्येवद्धता जनाएका छन् ।

  • ३० चैत्र २०७४, शुक्रबार २०:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित