थारु गोचाली समाज नेपालको ४७ औं स्थापना दिवसको अवसरमा आयोजित थारु भाषा संस्कृति संरक्षण र प्रवद्र्धनका लागि थारु नेतृत्व विकास कार्यक्रममा सहभागि थारु अगुवाहरुले यस्तो बताएका हुन् । विचार फरक भएपनि राज्य सत्तामा पहुँच बढाउन थारु समुदायलाई सहयोग गर्नुपर्ने उनिहरुले धारणा राखेका थिए । राज्य सत्तामा थारु समुदायको अधिकार प्राप्त नभएको भन्दै राज्य सत्तामा पहुँच बनाउन थारु नेता एकजुट हुनुपर्ने उनिहरुले बताएका छन् । थारु समुदायलाई राजनीतिक, बैचारिक रुपमा समेत पछाडी पारिएको हुनाले यस्तो खाले मुद्दालाई चिर्न सक्ने वातावरण बनाउन आवश्यक रहेको उनिहरुले बताएका छन् । थारु समुदायमा शैक्षिक क्षेत्रमा विकास भएपनि रोजगार लगायत विभिन्न क्षेत्रमा मुल्याङकन जिरो रहेको हुनाले यसमा ध्यान दिन आवश्यक रहेको उनिहरुले बताएका छन् । थारु समुदायका व्यक्तिलाई राजनीतिक क्षेत्रमा अगाडी बढाउन थारु नेता नै दुशमन खडा हुने प्रबृत्ति रोक्न जरुरी रहेको थारु बुद्धिजिवी परिवारका अध्यक्ष डा. चन्द्र बहादुर महतोले बताउनुभयो । थारु समाज सुधार्न आर्थिक विकास गर्न जरुरी रहेको डा. महतोले बताउनुभयो ।
थारु समुदायमाथि हुने हिंसा अत्याचार विरुद्ध थारु समुदाय जागरुक हुन आवश्यक रहेको उहाँले बताउनुभयो । बारम्बार थारु समुदायमाथि हिंसा अत्याचार भैरहेको अव देख्न नसकिने थारु बुद्धिजिवी सुरेश थारुले बताउनुभयो ।
थारु समुदायका निम्ती उठाउन पर्ने मुद्दामा आफु कहिल्यै पछि नपर्ने राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताउनुभयो । सकारात्मक सोचको विकास भएमात्र थारु समुदायको विकास हुने कुरामा अध्यक्ष लाहुरामले जोड दिनुभयो ।
थारुहरुले एकता सद्भावको भावना बुझ्न जरुरी रहेको कोहलपुर नगरपालिकाका उपमेयर सन्जु थारुले जिकिर गर्नुभयो । जवसम्म आफ्नो व्यक्तिगत सोच परिवर्तन हुन सक्दैन तवसम्म थारु समुदायको विकास हुन नसक्ने उपमेयर सन्जुले बताउनुभयो । कोहलपुर नगरपालिकामा थारु समुदायका लागि आफुले थारु संग्राहलयको लागि १० लाख, सिकलसेल एनेमियाको लागि १५ लाख, माघी मिलन लगायतको विषयमा बजेट छुत्याउँदा विरोध आएको उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
अधिकार संस्कार संस्कृति र पहिचान थारु गोचाली समाज बाँकेको अभियान भन्ने मुल नाराका साथ सुरु भएको कार्यक्रमको अध्यक्षता थारु गोचाली समाज नेपाल बाँकेका अध्यक्ष जनक चौधरीले गर्नुभएको थियो भने कार्यक्रममा पुर्व सांसद पट्टु थारु, अधिवक्ताद्वय राधेश्याम थारु, गणेश चौधरी, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिह थारु, थारु पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष विमला चौधरी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि बुद्धिजिवी, समाजसेवी, पत्रकार लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई दोसल्लाह ओढाएर सम्मान समेत गरिएको थियो ।