मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जनयुद्धविना र बराबरी विनाको एकता नस्वीकार्न पार्टी अध्यक्ष प्रचण्डको ध्यानाकर्षण वाईसीएल द्धारा
  • मार्गरेखा संवाददाता

  • माओवादी केन्द्रको युवा संगठन वाईसीएलले एकीकृत पार्टीको विधान प्रस्तावनामा जनयुद्ध शव्द नराख्ने हो भने र केन्द्रीय कमिटीमा ५० प्रतिशत हैसियत नपाउने हो भने एमालेसँग पार्टी एकता नगर्न नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

    फ्याक्सन इन्चार्ज मणि थापासहित अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर वाईसीएलले समान हैसियतमा एकता गर्न ध्यानाकर्षण गराएको हो ।

    वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले जनयुद्धविना र बराबरी विनाको एकता नस्वीकार्न पार्टी अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएको अनलाइनखबरलाई जानकारी दिए ।

    दीपशिखाले भने, ‘जनयुद्ध र बराबर हैसियतमा सहमति हुन्छ भने वैशाख ९ गते नै एकता गरौं । सहमति हुँदैन भने एकता पनि हुँदैन । त्यस्तो एकता वाईसीएलले मान्दैन भनेका छौं ।’

    उनका अनुसार प्रचण्डले पनि वाईसीएलको धारणा आम माओवादी नेता-कार्यकर्ता र शुभेच्छुकहरुको पनि हो भन्दै समानताको आधारमा र सम्मानजनक नै एकता हुने बताएका थिए ।

    वाईसीएल महासचिव सुवोध शेर्पालीका अनुसार एकीकृत पार्टीको अध्यक्ष दुईजना नराख्न पनि नेतृत्वको ध्यानाकर्षण गराइएको थियो । तर, त्यसलाई भने प्रचण्डले स्वीकार गरेनन् ।

    ‘जनयुद्ध शव्द र बराबरी हैसियतको कुरालाई पार्टी अध्यक्ष प्रचण्डले स्वीकार गरे पनि दुई अध्यक्षात्मक प्रणालीको विषयमा भने सहमति भइसकेकाले अब परिवर्तन गर्नु हुँदैन भन्नु भएको छ,’ वाईसीएल महासचिव सुवोध शेर्पालीले भने ।

    वाईसीएल टोलीलाई प्रचण्डले एकताको अधिकतम पहल भइरहेको जानकारी दिएका थिए ।

    माओवादी र एमालेबीच जनयुद्ध शब्द, चुनाव चिह्न र केन्द्रीय समितिमा रहने संख्याको विषयमा विवाद छ । यो विवादका कारण यही वैशाख ९ गते हुने भनिएको पार्टी एकता घोषणा पनि अन्योलमा परेको छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किएलगत्तै एकता टुंगो लगाउने भनिए पनि दुई दलबीच औपचारिक रुपमा अझैसम्म बैठक हुनसकेको छैन ।

  • २ बैशाख २०७५, आईतवार १३:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित