मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नागरिकको सोचमा परिवर्तन गरि शिक्षित बनाएर तिनका बालबालिकाहरुलाई विद्यालय पठाउनेतर्फ उत्पे्ररित गरिने डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज २ बैशाख । बाँकेको डुडुवा गाउँपालिकाले विद्यालय स्वागत तथा भर्ना अभियान आजदेखि शुरु गरेको छ । बच्चाको भर्ना मेरो सामाजिक दायित्व पहुचको सुनिश्चिता र सिकाईमा स्थायित्व भन्ने मुल नाराका साथ आज एक कार्यक्रमका विच अभियानको शुभारम्भ गरियो ।
    गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले अभियानको शुभारम्भ गर्दै गाउँपालिका अन्र्तगतका विद्यालयहरुमा बाहिर रहेका सम्पुर्ण बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउने अभियान प्रभावकारी रुपमा लैजाने प्रतिबद्धता गर्दै शिक्षाको अवस्थामा व्यापक सुधार ल्याउन योजना नै निमार्ण गरि अघि बढेको बताउनुभयो ।
    उहाँले गाउँपालिकाले शुरु गरेको घर घरमा एसइइ अभियान अन्र्तगत अब कुनैपनि घरमा अशिक्षित नागरिक नहुने बताउदै गाउँपालिकाका हरेक नागरिकको सोचमा परिवर्तन गरि शिक्षित बनाएर तिनका बालबालिकाहरुलाई विद्यालय पठाउनेतर्फ उत्पे्ररित गरिने बताउनुभयो ।
    शुभारम्भ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक पौडेल, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, प्रेस सल्लाहकार राकेशकुमार मिश्र, वडा सचिव मानबहादुर बोगटी, घरधुरी सर्भेक्षण अभियानका संयोजक प्रभाकर भटराई लगायतले विद्यालय बाहिर रहेका डुडुवाका बालबालिकाहरुलाई अभिभावक शिक्षा प्रदान गरि तिनीहरुलाई भर्ना अभियानमा सफल गराई नियमिततामा जोड दिनुभएको थियो ।
    विद्यालय भर्ना अभियानमा गाउँपालिकामा घरधुरी सर्भेक्षणका लागि खटिएका करिब ६० जना संकलकहरुले भोलीदेखि १५ दिनसम्म भर्ना अभियानलाई सहयोग गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अन्र्तगत प्राविस्तरका १५ वटा, आधारभुतस्तरका २ वटा, मदरसा १३ वटा र गुरुकुल १ गरि जम्मा ३१ वटा सामुदायिक विद्यालयहरु रहेका छन ।
    यही बैशाख ८ गतेदेखि ति सबै विद्यालयहरुमा विद्युतीय हाजिरी र प्रजेक्टरको माध्यमले इ शिक्षा प्रदान गरिने शिक्षा शाखाले जनाएको छ । गाउँपालिकामा अहिले करिब २० प्रतिशत बालबालिकाहरु विद्यालय बाहिर रहेको तथ्याक छ ।
    विद्यालयको गुणस्तर प्रभाकारी नभएको गनासो आएपछि गाउँपालिकाले शिक्षाको अवस्था सुधार ल्याउन विद्युतिय हाजिरीको व्यवस्था लगायतका साधन प्रयोग गर्न लागेको गाउँपालिकाले जनाएको छ । शुभारम्भ कार्यक्रममा सहभागि अभियानकर्ताहरुलाई भर्ना अभियानका बारेमा जानकारी गराइएको थियो ।

     

  • २ बैशाख २०७५, आईतवार १५:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित