सुनिल रेग्मी
बैशाख २ नेपालगन्ज
नेपालगन्जमा सम्पन्न कलेज स्तरिय प्रथम मेयर कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि होलिल्यान्ड उच्च माविले जितेको छ । मंगल प्रसाद उच्च माविको खेल मैदानमा आइतवाइबार भएको खेलमा एबिसी रेसिडेन्सियल स्कुललाई २६ रनले पराजित उपाधि जितेको हो । खेलमा टस हारेर पहिला ब्याटिङ गरेको होलील्यान्ड १४ ओभरमा २ बलमा सबै विकेट गुमाउँदै ८६ रन बनाएको थियो । उसका लागि रिितक विष्ट२२ हिमाल खड्का १३ तथा विजय चौधरीले ११ रन बनाएका थिए । एविसीका वलर आशिष विष्ट अफजल पठान र शुभम विएमले समान तीन÷तीन विकेट लिए ।
जवाफी ब्याटिङमा आएको एविसी १६ ओभर ४ बलमा अल आउट हुँदै मात्र ६९ रन मात्र बनाउन सक्यो । उसका लागि शाशिल अन्सारीले १६ क्षर््भनि हुसेनले १४ रन बनाउनु वाहेक अन्यले दोहोरो अंक समेत छुन सकेनन् होलिल्यान्डका बलर बलर विय चौधरी, एस हमालले समान चार÷चार विकेट लिए । प्रतियोगिताका विजेता तथा उप विजेता खेलाडिहरुलाई नेपालगन्ज उपमहानगरपालिका मेयर डा धवल शम्शेर राणा,उप मेयर उमा थापा मगर, राखेपका सदस्य विनोद मैनाली,लगायतले पुरस्कार वितरण गरेका थिए । विजेता तथा उपविजेता टोलीलाइृ खेल सामाग्री दिईएको थियो । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा तथा जिल्ला क्रिकेट संघको प्रविधिक सहयोगमा संचालित सो प्रतियोगितामा ६ वटा कलेजहरुको सहभागिता रहेको थियो ।