मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

तुल्सीपुर नगरको को बिकाशका लागी पहल गर्ने सभामुख कृष्णा बहादुर महरा
  • मार्गरेखा संवाददाता

  • तुलसीपुर, ९ वैशाख । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र सभामुख कृष्णवहादुर महराका विचमा भेटवार्ता भएको छ । तुलसीपुरको समग्र विकासका सन्दर्भमा भएको भेटघाटमा सभामुख महराले बहुआयामिक योजनाहरुका लागि केन्द्रबाट पहल गर्ने वताएका थिए । उनले तुलसीपुरको विकासका लागि सडक, पूर्वाधार निर्माण र विमानस्थल नियमित सञ्चालनका लागि आफुले पहल गर्ने समेत वताएका थिए । सभामुख महराले विमानस्थलको धावनमार्ग तत्काल वृद्धि गरेर ठूला जहाजहरु अवतरण गर्ने वनाउन नगरप्रमुख पाण्डेलाई आग्रह समेत गरेका थिए । उनले तुलसीपुर उपमहानगरले वनाएको योजनाहरुको कार्यान्वयनका लागि प्रतिवद्ध भएर केन्द्रमा पहल गर्ने समेत वताएका थिए ।
    यसैविच नगरप्रमुख पाण्डेले सभामुख महरालाई केन्द्रस्तरबाट सम्पन्न गर्न सकिने योजनाको माग पत्र पनि वुझाएका छन् । उनले वुझाएको योजनामा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ टरिगाउँस्थित दाङ्ग विमानस्थलको विस्तार तथा स्तरोन्नति र हवाई इन्धन डिपोको स्थापना र नियमित उडान सेवा, गुहारखोला, पातुखोला र अन्य सम्भावित खोलाहरुमा बाँध निर्माण गरी जलाशयुक्त बहुउद्देश्यीय परियोजना सञ्चालन, प्रदेशस्तरको जडिबुटी उद्यान, वनस्पति उद्यान र पुष्पबाटिका निर्माण, प्राविधिक विश्वविद्यालयको स्थापना, राप्ती शान्ती उद्यानमा प्रदेशस्तरको चिडियाखाना स्थापना, विभिन्न खोलाहरुमा बाँध निर्माण, एकिकृत जग्गा विकास तथा स्मार्ट सिटी निर्माण, संक्राममा पूर्व लडाकु वसेको ठाउँलाई राष्ट्रिय क्रान्ती संग्रहालय निर्माण गर्ने लगायतका योजनाहरु रहेका छन् । नगरप्रमुखबाट योजना सुनिसकेपछि सभामुख महराले योजनाको प्राथमिकताका आधारमा केन्द्रबाट पहल गर्ने वताएका थिए ।

  • ९ बैशाख २०७५, आईतवार १४:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित