दुर्गा आचार्य
बर्दिया,बैशाख,१४। बर्दियाको गुलरियामा अत्याधुनिक लोटस गार्डेन रेष्टुरेन्ट संचालनमा आएको छ । शुक्रवार रेष्टुरेन्टको औपचारीक रुपमा उद्घाटन भएको छ । १ करोड २५ लाख रुपौया लागतमा संचालित रेष्टुरेन्टमा नेपाली खाना,खाजा,नास्ताको साथसाथै विवाह पार्टी तालिम सेमिनार संचालनका लागि सुविधा युक्त एसी रुमहरुको व्यवस्ता भएको संचालक सुधांसु प्रकाश शर्माले वताए । गुणस्तरीय सेवा दिने उद्धेश्यलेनै रेष्टुरेन्ट संचालनमा ल्याएको संचालकको भनाई छ । मुख्यतया यस रेष्टुरेन्टको खानाले ग्राहक बर्गमा बिरामी भईदैन भन्ने बिश्वास दिलाउने उद्देश्य लिएकोसंचालक शर्माले वताएका छन् । गुलरिया नगरपालिका —६का युवा व्यवसायी सुधांसु प्रकाश शर्माले संचालनमा ल्याएकोसो रेष्टुरेन्टमा थारु संस्कृति झल्काउने खालको गार्डैनको बिकाश गर्दै खुल्ला थारु संस्कृति संग्रालयनै वनाईने वताएका छन् । गेट कलेज काठमाण्डौका प्रमुख कार्यकारी अधिकृत खेम लकाइले रेष्टुरेन्टको उद्घाटन गरेका हुन् । पैसा कमाउने वहानामा नेपाली युवाहरु बिदेशमा मात्रै वस्ने प्रवृद्धिको अन्यगरि नेपाली भुमीलाई माँया गनृुपर्नै प्रमुख कार्यकारी अधिकृत खेम लकाइले वताए। रेष्टुरेन्ट संचालकहरुले खाद्य स्वच्छतालाई ख्याल राखि ग्राहकहरुलाई सेवा दिनुपर्नै समेत लकाईले सुझाव दिएका छन् । उक्त रेष्टुरेन्टमा गेट भोकेस्नल कलेजबाट खाद्य स्वच्छताका बारेमा अध्यन गरेको कुक समेत गरि १६ जना ले रोजगार पाएको लोटस गार्डेन रेष्टुरेन्टले जनाएको छ ।