नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडाहरुमा नेपालगन्ज उपमहानगरपालिकाका उप पमुख सहितको संयुत्त अनुगमन टोलीले अनुगमन गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजना, युनीसेफको सहयोगमा बास नेपालगन्जद्धारा संचालीत बालश्रम न्यूनीकरण तथा बालसंरक्षण कार्यक्रम अन्तरगत सो अनुगमन गरिएको हो । कार्यक्रम अन्तरगत वडा नं. १०, ११, १२, १६ र १७ मा श्रमिक परिवारहरुले सञ्चालन गरिरहेको ब्यवसायको संयुक्त अनुगमन गरिएको हो । न्यून आर्थिक अवस्था भएका श्रमिक बालबालिकाका परिवारहरुको आय स्तरमा बृद्धी गर्ने उद्धेश्यले उनीहरुलाई ब्यवसाय सञ्चालनका लागि किराना सामाग्री, बाख्रा पालन र सिलाई कटाई मेसिन प्रदान गरिएको थियो । संयुक्त अनुगमनको क्रममा सहयोग प्राप्त गरेपछि आय स्तरमा बृद्धी भएको वडा नं. १२ की श्रमिक बच्चाकी अभिभावक शुकमाया चिडीमारले अनुगमनको क्रममा बताईन् । उनले सहयोग पाएपछि पसलबाट भएको आम्दानीलाई दैनिक रुपमा सहकारीमा जम्मा गरिरहेको बताईन् । उता वडा नं. १२ कै ओम बहादुर थापाले आफु अपांग हुदा केही काम गर्न नसकेको पिडा सुनाउदै सहयोगले जिवनमा निकै सहजता ल्याएको बताए । उनले प्राप्त गरेको किराना सामानबाट घुम्ती पसल संचालन गरिरहका छन् । उता वडा नं. १७ नादुन निसा ईद्रीसीले छोरासँग सिलाई कटाईको सिप भएपनि मेसिनको अभावका कारण बाहिर निकै न्यून ज्यालामा काम गरिहेको भन्दै मेसीन तथा सामाग्री सहयोगले घरमै सिलाई कटाई ब्यवासय शुरु गरेको बताईन् । उनले बालबालिकाहरुलाई बिद्यालय पठाईसकेको बताईन् । वडा नं. १७ कै सवाना दर्जीले श्रीमानको मृत्यु भईसकेपछि बिद्यालय पढीरहेको छोरालाई काममा पठाउनु परेको पिडा सुनाउदै ब्यवसायका लागि पाएको सहयोगले पुन छोरालाई ज्ञान सागर माबिमा भर्ना गरी बिद्यालय पठाईसकेको बताईन् । पाएको सहयोगले दैनिक जिवनयापनमा सहजता ल्याएको उनको भनाई थियो । यसैगरी वडा नं. १६ का साबिर अली जसगढले किराना पसल संचालन गरिरहेको बताए ।
अनुगमनको क्रममा वडा नं. १२ मा आमा बुवा गुमाई हजुर आमाको आश्रयमा बसिरहेको ५ जना अनाथ बालबालिकाहरुलाई आज शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । अनुगमनको क्रममा नेपालगन्ज उपमहानगरपालिकाका उप प्रमुख उमा थापा मगर र वडा नं. १२ का वडा अध्यक्ष बुद्धि सागर सुबेदीले संयुत्त रुपमा किताब, कापी, कलम, झोला र ड्रेस बितरण गरेका थिए । परिवारको आर्थिक अवस्था निकै दयनिय रहेका पाचै जना बालबालीका मनचली धोबी र भीम कनौजीयालाई युकेजी तथा काजल धोबी, ईन्द्रपरी चमार र बबीदेवल चमारलाई वडा कार्यालयको सिफारिसमा वडा नं. १२ कै सेन्ट थोमस बोडिङ स्कुलमा भर्ना गरिएको छ ।
कार्यक्रम लक्षीत वडाको अनुगमन पछि उप प्रमुख उमा थापा मगरले परिवार सहयोग आर्थिक रुपमा बिपन्न परिवारको आय आर्जनको मुख्य श्रोत बनेकोमा खुसी लागेको बताईन् । उनले अनुगमन पश्चात सहयोग सहि परिवार सम्म पुगेको महशुस भएको बताइृन् । अनुगमनमा उप–प्रमुख उमा थापा मगर, वडा नं. १२ का वडा अध्यक्ष बुद्धि सागर सुबेदी, वडा नं. १७ का वडा अध्यक्ष अजय कुमार पाठक, वडा नं. ११ का अध्यक्ष उज्वल सिह राठौर, वडा नं. १० का वडा सदस्य नर बहादुर बिष्ट, नेपालगन्ज उपमहानगरपालिका सामाजिक बिकास शाखा प्रमुख कृष्ण प्रशाद जोसी, शाखा अधिकृत गणेश न्यौपाने, नासु कृष्ण बहादुर रोकाया, पत्रकार प्रिया स्मृती ढकाल, बासका पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।