पहिलो पटक कोहलपुरमा ठुलो लगानीमा अत्याधुनिक प्रविधी सहितको अटो वक्र्ससप सञ्चालनमा आएको छ । कोहलपुर सरस्वतीमार्गमा अनमोल अटो वक्र्स सपको नामबाट सञ्चालनमा आएको वक्र्ससप १ करोडको लागतमा निर्माण गरिएको वक्र्स सपमा सबै प्रकारका मोटरसाइकलहरुको सम्पूर्ण पार्टस् एव्म दक्ष प्राविधिकबाट मर्मत सहितकोसेवा सुचारु ग्रिएको सञ्चालक कमल शाहीले बताए ।
बुधवार कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले रिवन काटेर वक्र्स समुद्घाटन गरेसँगै वक्र्स सपले बुधवारबाटै सेवा प्रारम्भ गरेको छ । मोटरसाइकल सवारी चालकहरुलाई लक्षित गरी सञ्चालनमा ल्याइएको वक्र्ससपले गुणस्तरीय सेवा दिनेमा आफू विश्वस्त भएको उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले बताए । उनले कोहलपुर नगरको बढ्दो आधुनिकीकरणसँगै यस्ता ठुला लगानीका व्यवसायिक सेवामूलक फर्महरुको आवश्यकता पनि बढ्दै गएकोमा वक्स सपले नगरवासीको आवश्यकता परिपूर्ती गरेको बताए । कोहलपुर नगर क्षेत्रमै पहिलो पटक सुविधा सम्पन्न र अत्याधुनिक प्रविधिको उच्चतम प्रयोग गरेर ठुलो लगानीमा व्यवसाय सञ्चालन गरिएको सञ्चालकहरुले बताएका छन् । सवारीमा देखिने जस्तो सुकै जटिल समस्यालाई सर्वसुलभ दरमा दक्ष प्राविधिकहरुद्वारा मर्मत सम्भार गरिने सञ्चालकको भनाई छ ।