मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल तरुण दल बाँके संगठन बिस्तार अभियानमा
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज बैशाष २० । नेपाल तरुण दल बाँकेले बाँकले बैशाष महिना भित्र जिल्लाका स्थानिय निकायमा तरुण दल बिस्तार गर्ने र स्थानिय निकायका तरुणहरुलाई तरुण दलको आवश्यकता महत्वबारे प्रशिक्षण दिने भएको छ ।
    नेपालगन्जमा बिहिबार नेपाल तरुण दल बाँकेका अध्यक्ष बिरेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले निणर्य गरेको हो ।
    बैठकले जिल्लास्तरिय प्रशिक्षण,स्थानिय निकायमा तरुण दल गठन गर्ने निणर्य गदै निणर्यलाई कार्यान्वयन गर्नेका लागी तरुण दल बाँकेका कोषाअध्यक्ष केशर खडका,रमेश शाह,बिनोद रिजाल,तारामणि अधिकारी,हनुमान नाउ,रमेश शाह,देव बहादुर खाँड, बेल बहादुर बोहरा र प्रकाश वलीलाई जिम्मेवारी दिएको नेपाल तरुण दल बाँकेका सहसचिव एवम प्रवक्ता बिमल चन्दले जनाएका छन ।

  • २० बैशाख २०७५, बिहीबार १७:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित