दोस्रो नेपालगंज फोटो फेस्टिवलको तयारी तीव्र वनाइएको छ । यसक्रममा शुक्रवार नेपालगंजमा कार्यरत फोटो पत्रकार एवं स्वतन्त्र रुपमा फोटोग्राफीमा संलग्नहरुवीच अन्तरक्रियाको आयोजना गरियो ।
अन्तरक्रियाका सहभागीहरुले फोटो फेस्टिवल यस क्षेत्रकै लागि एउटा महत्वपूर्ण अवसर भएकोले भव्यताकासाथ सफल पार्नु सवैको दायित्व भएको वताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बाँकेका निवर्तमान सभापति रुद्र सुवेदीले फेस्टिवलले यस क्षेत्रको फोटोपत्रकारिताको विकासमा महत्वपूर्ण योगदान दिएको वताए ।
यसैगरी महासंघका पूर्व अध्यक्ष शुक्रऋषी चौलागाईले फेस्टिवलले यस क्षेत्रको पर्यटन,संस्कृति, र पहिचानलाई उजागर गरेको वताए ।
नेपालगंज फोटो वाकर्स का संयोजक विशाल रानामगरले फेस्टिवलले यस क्षेत्रका फोटोग्राफिमा रुची राख्ने सवैलागि ठुलो अवसर भएको वताए । नेपालगंज फोटो फेस्टिवल अन्तराल को आयोजना र व्यवस्थापनमा हुदै आएको छ । अन्तरालको भगीनी संस्था अन्तराल फोटो बैंकले फेस्टिवलमा सहकार्य गरेको छ ।
अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले ६ वटा विधामा १–१ जना पुरस्कृत गरिने र १ जनाले वर्ष फोटो उपाधी पाउने वताए । दैनिक जनजीवन,पर्यटन र संस्कृति, खेलकुद,वन्यजन्तु र प्रकृति,समाचार फोटो र नेपाल स्माइल विधा रहेको फेस्टिवलमा प्रदेश न.ं ५ , ६ र ७ मा २ वर्ष यता खिचिएका तस्वीरहरु प्रतिस्पर्धाकालागि समावेश गरिने आयोजकले जनाएको छ ।