मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जीप दुर्घटनामा परि बर्दियामा २ जनाको मृत्यु ।
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया,बैशाख,२२। बर्दियामा जीप दुर्घटनाका कारण २ जनाको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्गमा पर्नै बारबर्दिया नगरपालिका—८को औरिवजार चौकमा जीप दर्घटनामा भएको हो । धनगढीबाट बाँकेको नेपालगञ्जतिर गैरहेको बा १७ च १२१७ नम्वरको जीप गुडिरहेकै अवस्थामा पछाडिको चक्का पड्किएर शुक्रबार बेलुकी दुर्घटना भएको हो । दुर्घटनामा परी कञ्चनपुर भिमदत्त नगरपालिकाका ३२ वर्षीय भुवन पन्थ र म्याग्दी वेनीका ४२ वर्षीय रामबहादुर हमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी युवराज खड्काले वताएका छन् । कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले वताएको छ ।
    कञ्चनपुर महेन्द्रनगर नगरपालिका ३० वर्षीय दिपेन्द्रसिंह ठकुल्ला, वेलौरी नगरपालिका १ का ५५ वर्षीय चक्रबहादुर शाही, डडेल्धुरा अमरगढी नगरपालिका २ का ३० वर्षीय ताराप्रसाद पाण्डे र ३५ वर्षीय ओमप्रकाश भट्ट, बर्दिया गुलरिया नगरपालिका ४ का २६ वर्षीय सुवास खरेल र डोटी सिलगढी नगरपालिका ४ का ३२ वर्षीय शिवराज विष्ट सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी गराएको छ । ।उनीहरुको छाती, हातखुट्टामा सामान्य चोटपटक लागेको डिएसपी खड्काले वताए ।

     

     

  • २२ बैशाख २०७५, शनिबार १८:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित