मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अत्याधुनिक स्नोकर हाउस अब कोहलपुरमा
  • मार्गरेखा संवाददाता

  • यस क्षेत्रका स्नोकर तथा पुल खेलका पारखी तथा खेलप्रेमीहरुले अब सुविधा सम्पन्न अत्याधुनिक स्नोकर हाउसमा खेलको मज्जा लिन पाउने भएका छन् । कोहलपुर दश विगाह मेडिकल कलेज नजिक युवा उद्यमीद्वय सन्तोष मल्ल र दिपक शर्माले कोहलपुर स्नोकर हाउस एण्ड रेष्टुरेन्ट सञ्चालनमा सुविधा सम्पन्न र ठुलो लगानीमा स्नोकर हाउस सञ्चालनमा ल्याएका हुन् । शनिवार कोहलपुर उद्योग वाणिज्य संघका उद्योग तर्फका उपाध्यक्ष प्रदिप भट्टराईले स्नोकर हाउसको विधिवत रुपमा रिवन काटेर समुद्घाटन गरेका छन् । समुद्घाटन पछि खुशी व्यक्त गर्दै उद्योग वाणिज्य संघ उपाध्यक्ष भट्टराईले कोहलपुरमा स्नोकर व्यवसाय सञ्चालनमा आउनु यस क्षेत्रको पहिचानका रुपमा लिन सकिने बताए । साथै स्नोकरले मानविय तनावलाई कम गर्ने बताउँदै स्नोकरलाई नकरात्मक दृष्टिकोणबाट विश्लेषण गर्न नमिल्ने बताए । “भारतबाट सुुरु भएको स्नोकर हाल विश्वका विभिन्न देशमा यसको प्रयोग भईरहेको छ” उनले भने “कोहलपुरमा यसको प्रयोग सँगै कोहलपुरमा पनि आधुनिक भएको महसुुस गर्न सकिन्छ ।”
    करिब २५ लाख ल

    गातमा कोहलपुर स्नोकर हाउस सञ्चालनमा ल्याईएको सञ्चालक सन्तोष मल्लले बताएका छन् । स्नोकरले मानिसलाई तनाव मुक्त गराउने भएकाले यस्तो सहि सदुपयोग गर्नुपर्ने बताए । स्नोकर खेलका पारखी तथा खेलप्रेमीहरुको आवश्यकतालाई महसुस गरेर ठुलो लगानीमा सुविधा सम्पन्न स्नोकर हाउस सञ्चालनमा ल्याएको अर्का सञ्चालक दिपक शर्माले बताएका छन् ।

  • २९ बैशाख २०७५, शनिबार ११:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित