मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्जमा जारी अन्तरविद्यालय मेयरकप छात्र÷छात्रा फुटबल प्रतियोगिता अन्तरगत यु–१४ तर्फ आईतबारको पहिलो खेलमा मुनतारा बोर्डिङ स्कुल विजयी
  • मार्गरेखा संवाददाता

  • नेपालगन्जमा जारी अन्तरविद्यालय मेयरकप छात्र÷छात्रा फुटबल प्रतियोगिता अन्तरगत यु–१४ तर्फ आईतबारको पहिलो खेलमा मुनतारा बोर्डिङ स्कुल विजयी भएको छ । मुनताराले प्रोटेस्टका आधारमा स्प्रिङडेललाई पराजीत गरेको हो । निर्धा्रित समयमा स्प्रिङडेलले तीन–दुई गोल अन्तर बनाएपनि टीममा (स्प्रिङडेलले) उमेर समूहभन्दा माथिको खेलाडी सिद्धान्त क्षेत्रीलाई खेलाएको प्रमाणित भएपछि मुनतारालाई विजयी घोषणा गरिएको हो । यु–१४ तर्फकै दोस्रो खेलमा सगरमाथा स्कुल विजयी भएको छ । सगरमाथाले दीपज्योती विद्याश्रमलाई दुई–सून्य गोल अन्तरले पराजीत गरेको हो । सगरमाथाका लागि दुवै गोल सन्तोष महताराले गरेका थिए । त्यस्तै यु–१८ तर्फ पहिलो खेलमा जीभीएन कलेजले भु.पु सैनिक स्कुललाई दुईका बिरुद्ध तीन गोलले हराएको छ । जीभीएनका लागि विशाल थापा, समीर चौधरी र आदित्य खड्काले एक–एक गोल गरेका थिए भने भुपु सैनिकका रुपेश थापा र मनिस थापाले एक–एक गोल गरे । यता १८ बर्षमुनिको दोस्रो खेलमा जीभीएन कलेजले दीपज्योतीलाई पराजीत गरेको छ । निर्धा्रित समयमा दुवै टोलीबाट कुनै पनि गोल नभएपछि खेल टाईब्रेकरमा पुगेको थियो । जहाँ जीभीएनले दुईका विरुद्ध तीन गोलले जीत हासिल ग¥यो । बाँके जिल्ला फुटबल संघ र नेपालगन्ज उपमहानगरपालिकाको सयुक्त आयोजनामा भएको खेलमा १४ बर्ष मुनि र १६ बर्ष मुनि ब्वायज तथा १६ बर्ष मुनिको गर्ल्स गरि ३ वटा विधामा प्रतिस्पर्धा भई रहेको प्रतियोगितामा बाँके जिल्ला भरिका ३४ वटा टिमले सहभागिता जनाएका छन् । यु–१४ ब्वायजमा जम्मा १६ विद्यालयका टिमले सहभागिता जनाएका छन् भने यु–१६ ब्वायज टिममा १४ विद्यालयका टिमले सहभागिता जनाएका छन् । त्यसै गरि यु–१६ गर्ल्समा ४ विद्यालयका टिमले सहभागिता जनाएका छन् ।

  • ३० बैशाख २०७५, आईतवार २०:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित