मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियाको बाँसगढी दमौलीमा प्रथम महिला कप फुटवल प्रतियोगिता हुने
  • मार्गरेखा संवाददाता

  • बर्दिया,जेठ,८,बाँसगढी। बर्दियाको बाँसगढी नगरपालिकामा प्रथम महिला कप फुटवल प्रतियोगिता हुने भएको छ । बाँस गढी नगरपालिका वाडा नम्वर—६ दमौलीमा १० गते बाट प्रथम महिला कप फुटवल हुने भएको हो । बिश्वमा सर्वाधिक रुपमा लोकप्रिय मानिएको फुटवल खेललाई बर्दियामा यस खेलको विकाश तथा स्वस्थ नागरिक वनाउने उद्धेश्यले प्रतियोगिता गर्न लागेको आयोजकले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । जन जागृति युवा समाज कल्याण युवा क्लव दमौलीको आयोजानामा हुने महिला फुटवल प्रतियोगितामा बर्दिया,बाँके,दाङ,सुर्खैत र दैलेख गरि जम्मा ७ वटा टिमको सहभागिता हुने जन जागृति समाज कल्याण युवा क्लवका अध्यक्ष नवराज गुरुङले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । जस माध्य बर्दिया र बाँकेका २—२ टिम हुने छन् । नकाउट चरणमा खेलाईने खेलमा समुह “क” अन्र्तगत पहिलो दिन बर्दिया र दाङ विच खेल हुने आयोजकले वताएको छ । खेल १० गते बाट १५ गते सम्म संचालन हुने छ । प्रतियोगितामा प्रथम हुने टीमलाई शिल्ड मेडल सहित नगद ५० हजार, उपविजेता टीमलाई शिल्ड मेडल सहित नगद ३० हजार र सेमी फाईनलमा पुग्ने अन्य टीमलाई प्रमाण पत्र सहित नगद १० हजार पुरकार दिईने आयोजकले जानकारी गराएको छ । खेलका सहभागी टीम मध्य सर्वाैत्तम खेलाडीलाई ५ हजार,तेसैगरि उत्कृष्ट फरवाड, उत्कृष्टगोलकिपर, उत्कृष्ट डिफेन्स र सर्वाधिक गोल कर्तालाई प्रमाण पत्र सहित नगद ३ हजारले पुरस्कृत गरिने वताईएको छ । खेलको लागि सम्पूर्ण तयारी भईसकेको आयोजकले जानकारी गराएको हो । प्रतियोगिता संचालनका लागि व्यक्तिगत तर्फवाट क्लवका अध्यक्ष नवराज गुरुङले ४ लाख रुपैया आफ्नो तर्फबाट सहयोग गर्नै वताएका छन् । उक्त प्रतियोेगिताका लागि प्राविधीक सहयोग जिल्ला फुटवाल संघ बर्दियाले गर्नै जिल्लाफुटवल संघ बर्दियाका अध्यक्ष अजित राजभण्डारीले वताए ।

     

  • ८ जेष्ठ २०७५, मंगलवार १५:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित