मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जुकुमारी चौधरी को कडा अनुगमनले मापदण्ड बिपरित योजनाहरु मापदण्ड अनुरुप निमार्णमा तिब्रता
  • मार्गरेखा संवाददाता

  • कोहलपुर÷जेठ ११/कोहलपुर नगरपालिका भित्र चालु आर्थिक वर्ष २०७४÷०७५ मा सञ्चालनमा रहेका र सम्पन्न भएका योजनाहरुको अनुगमनलाई जोड दिईएको छ । चालु आर्थिक वर्षमा कोहलपुर नगरपालिकामा ४ सय १३ वटा विभिन्न प्रकारका विकासे योजना सञ्चालनमा रहेका छन् ।
    आर्थिक वर्ष सकिन करिव १ महिनामात्र बाँकी रहँदा कोहलपुर नगरपालिका भित्र हुँदै गरेका र भई सकेका योजनाको गुणस्तर तथा कामको मूल्याङकन गर्नको लागि कोहलपुर नगरपालिकाकी उपमेयर एवं नगरस्तरिय योजना अनुगमन समिति संयोजक सञ्जुकुमारी चौधरीले अनुगमनलाई तीब्रता दिएको बताईन् । उपमेयर चौधरीले अनुगमनमा कडाई गरे पछि मापदण्ड विपरिताका योजना पुनः मापदण्ड अनुसार निर्माण गर्ने कार्यलाई जोड दिईएको पाईएको छ ।
    अनुगमनको क्रममा कोहलपुर वडा नं. १२ स्थित डुडुवा देखि रोहिणि खोलासम्मको नालाको पर्खालमा सिमेन्ट विनाको बालुवाले मात्र ईट्टा जोडेको पाईपछि उपमेयरले नाला निर्माण कार्य मापदण्ड अनुसार नभएको र मापदण्ड अनुसारको बनाउन दिर्नेशन दिएपछि ठेकेदारले निर्माण गरिएको नालाको पर्खाल भत्काई पुनः नालाको पखाई लगाएको पाईएको छ । कोहलपुर नगरपालिकाको ६० लाख आर्थिक सहयोगमा निर्माण हुन लागेको १ सय ३१ मिटरको नालाको पखाल बलियो नभएको अनुगमनका क्रममा भेटिएको र तत्काल सोहि ठाउँमा लगाईएको पखाल भत्काएर नयाँ र बलियो पर्खाल लगाईएको पाईएको छ । कोहलपुर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष कृष्ण बहादुर खड्काका अनुसार नालाको पखालको केहि केहि भागमा बालुवाले ईट्टा जडान गरिएको अनुगमन टोलिले फेला परे पछि हामीले निर्माण व्यवसायीलाई तत्काल नालाको पखाल भत्काई नयाँ पखाल लगाउन जोड दिएको बताएका छन् । अनुगमन टोलिकी संयोजक चौधरीले निर्देशनलाई आत्मा साथ गर्दै ठेकेदारले नालाको पखाल पुनः लगाएको र मापदण्ड अनुसार नै बनाउने कामलाई जोड दिईएको उनले बताएका छन् । साथै उनले नालाको उचाई २ मिटर र चौडाई २ मिटर भएकाले नालाको पखाल बलियो हुनुपर्ने भन्दै समयमा अनुगमन गर्दा विकासका कामहरु दिर्घकालिन र जनमैत्री हुने बताए ।
    त्यस्तै वडा नं. १२ कै निवुवाचोक खड्कवार हुँदै घुईयावारी सम्मको ४ सय ३२ मिटर लम्बाईको पक्कि सडकको अनुगमनका क्रममा सन्तोष जनक काम नभएको पाईएपछि अनुगमन टोलिले सडकलाई पुनः निर्माणगर्नुपर्ने भन्दै निर्माण व्यवसायलाई दवाद दिईएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको उक्त सडक पक्कि भए पनि काम सन्तोषजनक नभएको अनुगमन टोलिले जनाए पछि ठेकेदारले पुनः पिच गर्ने समहति भएको वडा नं. १२ का वडा अध्यक्ष कृष्ण बहादुर खड्काले बताएका छन् । कोहलपुर नगरपालिकाकी उपमेयर एवं नगरस्तरिय योजना अनुगमन समिति संयोजक सञ्जुकुमारी चौधरी नेतृत्वको अनुगमन टोलिले सडक राम्रोसँग पिच नभएकाले तत्काल पुनः एकपटक पिच गर्न दिर्नेशन दिएको र निर्देशन बमोजिम पुनः एकपटक पिच गरेर मात्र भुक्तानी पाउनसकिने अनगुमन टोलिकाका एक जना सदस्यले बताएका छन् । उक्त सडक पिच भए पनि एकाएक पिच उम्कना थाले पछि स्थानियले विरोध जनाएका छन् ।
    सडक पक्कि जस्तो नभएकाले भुक्तानि दिनका लागि कोहलपुर नगर कार्य समितिको बोर्डले निर्णय गर्नुपर्ने कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जुकुमारी थारुले बताईन् । हाल वडा नं. १२ मा ४० प्रतिशत काम सकिसकेको छ ।

  • १० जेष्ठ २०७५, बिहीबार १६:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित