प्रतियोगिताको लिग चरणका सम्पूर्ण खेलहरु समाप्त भएका छन्। समुह ुएु को बिजेताको रुपमा रुपन्देही ११ र उपविजेताको रुपमा त्रिभुवन आर्मी क्लब तथा समुह ुबिु बिजेताको रुपमा धनगढी क्रिकेट एकेडेमी र उपविजेताको रुपमा मध्य(पश्चिम क्रिकेट क्लब सेमीफाइनल प्रवेश गरेका छन्।
शुक्रबार खेलिने पहिलो सेमीफाइनलमा रुपन्देही ११ र मध्य(पश्चिम क्रिकेट क्लब तथा दोश्रो सेमीफाइनलमा त्रिभुवन आर्मी क्लब र धनगढी क्रिकेट एकेडेमीले प्रतिस्पर्धा गर्नेछन्।
पहिलो खेल स्(
पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले भेरिगंगा क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्यो।
टस जितेर ब्याटिंग गरेको भेरीगंगा क्रिकेट क्लबले ढिला सुरु भएका कारण निर्धारित १२ ओभरमा घटाईएको खेलमा ४ विकेट गुमाएर ६३ रन बनाएको थियो। उसको लागि तिलक थापाले सर्वाधिक २० रन , सौगात कार्कीले १८ रन तथा पदम कंडेलले १३ रन योगदान दिए। बलिङ्गतर्फ आर्मीका बलर जितेन्द्र मुखिया, चन्द्र साउद, सागर पुन र साहब आलमले समान १ विकेट हात पारे।
६४ रनको लक्ष्य आर्मीले ७।४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। आर्मीको लागि सागर पुन र इन्द्रकमल मानन्धरले समान १७ रन तथा राजु रिजाल र भिम शार्कीले समान १२ रन बनाए। भेरीगंगाका बलर जनादेश चुनाराले २ विकेट लिए।
दोश्रो खेल
आजै सम्पन्न दोश्रो खेलमा एबिसी स्पोर्ट्स क्लबले काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरलाई १९ रनले पराजित गर्यो।
टस जितेर ब्याटिंग रोजेको एबिसी स्पोर्ट्स क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनाएको थियो। उसको लागि दिनेश पुनले सर्वाधिक ६९ रन बनाउने क्रममा ४५ बलमा ११ चौका र १ छक्का प्रहार गरे। यस्तै टेक सलामीले २७ बलमा ४ चौका र ३ छक्का मदतले ३९ रन बनाए। काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरका बालार प्रितम थापा र भोज राज भट्टले समान २र२ विकेट लिए।
१६५ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरले पुरै २० ओभर ब्याटिंग गरे पनि ७ विकेट गुमाएर १४५ रन मात्रै बनाउन सक्यो। उसको लागि बिश्वाश श्रेष्ठले सर्वाधिक ४३ रन बनाउन २८ बलमा ४ छक्का र २ चौका प्रहार गरे। यस्तै दुर्गेश थापाले २३ तथा रोशन शर्माले २० रन योगदान दिए। एबिसीका बलर महेश खत्रीले सर्वाधिक ३ विकेट हात पारे भने दिनेश अधिकारी, युनिश बिक्रम सिंह, बिनित खत्री र रबिन्द्र जंग शाहीले समान १र१ विकेट लिए।
खेलको प्लेयर अफ द म्याच दिनेश पुन घोषित भए।
जेठ ३ गते बाट सुरु भएको प्रतियोगिताको फाइनल खेल शनिबार खेलिनेछ। प्रतियोगिताको बिजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको उत्कृस्ट खेलाडीले २५ हजार र उत्कृस्ट ब्याट्सम्यान र बलरले समान १०र१० हजार रुपैयाँ प्राप्त गर्नेछन्।